२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभालाई सरकारले हेप्यो: विमला राई पौड्याल



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले राष्ट्रिय सभालाई सरकारले बेवास्ता बताउनुभएको छ ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्री समेत उपस्थित हुनुपर्ने प्रावधान रहेपनि कर्मचारी समेत उपस्थिति नभएको बताउनु भयो । उहाँले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पढेर सुनाउने अर्थमन्त्री डा. प्रकाशशरण महत नै उपस्थित नभएको सभामा सरकारले सांसदहरुले राखेका धारणा कसरी सुन्छ र ग्रहण गर्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सम्बन्धित मन्त्रायलको विषयमा मन्त्री उपस्थिति नहुनुले राष्ट्रिय सभाको ओझ घटेको महशुस भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्नेछ । कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्री समेत उपस्थित हुनुपर्नेछ । आजको सम्बन्धित मन्त्री अर्थमन्त्री हो । किनभने उहाँले यो पढेर सुनाउनुभएको हो यहाँ । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता । उहाँ हुनुहुन्न । उहँसगै विशिष्ट कर्मचारीहरु पनि हुनुहुन्न । यो भनेको राष्ट्रिय सभाको आज अन्तिम दिनमा बोल्दै गर्दा किन हेपेको होला सरकारले राष्ट्रिय सभालाई भन्ने महशुस भयो । मेरो नियमापत्ति, बिरोध नै हो । सरकारले चेतोस् ।’

उहाँले शुरु भइसकेका आयोजना कुनैपनि सरकारले शुरु गरेको भएपनि पूरा गर्नेतिर बजेट र कार्यक्रमको ध्यान जानुपर्ने बताउनु भयो ।