१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’

राष्ट्रिय सभालाई सरकारले हेप्यो: विमला राई पौड्याल

राष्ट्रिय सभालाई सरकारले हेप्यो: विमला राई पौड्याल
file photo
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले राष्ट्रिय सभालाई सरकारले बेवास्ता बताउनुभएको छ ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्री समेत उपस्थित हुनुपर्ने प्रावधान रहेपनि कर्मचारी समेत उपस्थिति नभएको बताउनु भयो । उहाँले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पढेर सुनाउने अर्थमन्त्री डा. प्रकाशशरण महत नै उपस्थित नभएको सभामा सरकारले सांसदहरुले राखेका धारणा कसरी सुन्छ र ग्रहण गर्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सम्बन्धित मन्त्रायलको विषयमा मन्त्री उपस्थिति नहुनुले राष्ट्रिय सभाको ओझ घटेको महशुस भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्नेछ । कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्री समेत उपस्थित हुनुपर्नेछ । आजको सम्बन्धित मन्त्री अर्थमन्त्री हो । किनभने उहाँले यो पढेर सुनाउनुभएको हो यहाँ । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता । उहाँ हुनुहुन्न । उहँसगै विशिष्ट कर्मचारीहरु पनि हुनुहुन्न । यो भनेको राष्ट्रिय सभाको आज अन्तिम दिनमा बोल्दै गर्दा किन हेपेको होला सरकारले राष्ट्रिय सभालाई भन्ने महशुस भयो । मेरो नियमापत्ति, बिरोध नै हो । सरकारले चेतोस् ।’

उहाँले शुरु भइसकेका आयोजना कुनैपनि सरकारले शुरु गरेको भएपनि पूरा गर्नेतिर बजेट र कार्यक्रमको ध्यान जानुपर्ने बताउनु भयो ।