१९ भाद्र २०८३, शुक्रबार
,
Latest
शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले युगान्डामा टी-२० सिरिज खेल्ने



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अप्रिलमा युगान्डामा टी-२० सिरिज खेल्ने भएको छ ।

आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुन लागेको आईसीसी टी–२० विश्वकपको तयारी स्वरुप नेपालले चार देश सम्मिलित सिरिज खेल्न लागेको हो ।

आगामी जुन १ देखि २९ तारिखसमम सञ्चालन हुने टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।

युगान्डाले आयोजना गर्न लागेको टी–२० सिरिजमा नेपालसहित युगान्डा, नेदरल्यान्डस् र नामिबिया खेल्नेछन् ।

अहिले नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी–२० शृंखला खेलिरहेको छ । पहिलो खेलमा नेपाल नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्डस्सँग २ रनले पराजित भएको थियो । आज नेदरल्यान्डस् र नामिबिया खेल्दैछन् । भोलि शुक्रबार नेपालले नामिबियाको सामाना गर्दैछ ।