११ भाद्र २०८३, बिहीबार
,
Latest
बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली जनता वर्तमान व्यवस्थाकै विरुद्ध उत्रन सक्ने खतरामा- बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने



अ+ अ-

काठमाडौं । बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेपाली जनता वर्तमान व्यवस्थाकै विरुद्धमा रहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै बरिष्ठ अधिवक्ता न्यौपानेले नेताहरुको व्यवहारका कारण नेपाली जनता अहिलेको व्यवस्थाको विरुद्धमा उत्रन सक्ने खतरा रहेको बताउनुभएको हो । 

उहाँले संसद पुर्नस्थापना गर्नु यो व्यवस्थाको अन्त्यतर्फ जानु भएको पनि बताउनुभयो । अहिलेका नेताहरुलाई राजा हुने इच्छा जागेको उहाँको भनाई छ । नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले वर्तमान संविधानले कार्यपालिकाको स्थिरता खोजेको भन्दै संविधानमा संसद विघटनको प्रावधान नराखिएको बताउनुभयो । संसद पुनस्थापना हुनुपर्नेमा उहाँको जोड छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिराटनगरको कार्यक्रममा अदालतले संसद पुनस्थापना गरे आन्दोलन गर्ने भनेको तर्फ लक्षित गर्दै महासचिव पौडेलले कार्यपालिका प्रमुखले अदालतको फैसला जस्तो आएपनि स्वीकार्छौ भन्नुपर्नेमा आन्दोलन गर्छौ भन्नु गलत भएको टिप्पणी गर्नुभयो । नेपाल बार एसोसिएसनका कोषाध्यक्ष रुद्र प्रसाद पोखरेलले संसद पुनस्थापना हुने प्रावधान संविधानमा नभएको बताउनुभयो । संसद पुनस्थापना नुहनेमा विश्वास व्यक्त गर्दै उहाँले अब देश निर्वाचनको माहोलमा अगाडी बढ्ने बताउनुभयो । 

कोषाध्यक्ष पोखरेलले प्रधानमन्त्री ओलीले शनिबार अदालतप्रति गरेको टिप्पणी बारे बोल्दै पार्टीले आयोजना गरेको सभामा पार्टीको धारणा व्यक्त गर्ने र जनमत बनाउने क्रममा आफु पक्षरहेको कुराको पक्षपोषण गरी त्यस अनुसारको फैसला आउने कुरामा अपेक्षा राख्नुलाई अन्यथा भन्न नमिल्ने जिकिर गर्नुभयो । मुद्दाको पक्षमा रहेको व्यक्तिले आफुले गरेको कामहरु यसकारण संविधानसम्मत् छन् भनेर व्याख्या विश्लेषण गर्नु स्वाभाविक रहेको पनि बताउनुभयो ।