५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेश सभा सचिवालयमा एमालेले एकसाथ दर्ता गरायो तीन संकल्प प्रश्ताव



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको गण्डकी प्रदेश संसदीय दलले प्रदेश सभा सचिवालयमा एकसाथ तीन वटा संकल्प प्रश्ताव दर्ता गरेको छ ।

बुधवार गण्डकी प्रदेश सभा सचिवालयमा एमाले संसदीय दलले संकल्प प्रश्ताव दर्ता गराएको हो । जसअनुसार लुम्बिनीमा रहेको सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा सार्न संकल्प प्रश्ताव दर्ता गरेको छ भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्न र कालीगण्डकी तिनहुँ डाइभर्सन बहुउद्देशीय परियोजना गण्डकी प्रदेशसँग समन्वय नगरीकन अघि बढाउन खोजिएको भन्दै सो विषय खारेजीको माग गरी संकल्प प्रश्ताव दर्ता गरेको हो ।

संविधानअनुसार सुस्ता गण्डकी प्रदेशको भूगोल भएपनि अहिले लुम्बिनीमा परेको छ । गण्डकीको प्रदेश विकास समस्या समाधान समितिको बैठकले पनि यसबारे निर्णय गरेर संघमा पठाएको थियो । तर अहिलेसम्म कुनै जवाफ आएको छैन । अहिले संकल्प प्रश्ताव नै दर्ता गरेर आफ्नो भूमि फिर्ता ल्याउनुपर्ने माग एमालेले राखेको छ ।’

‘साथै एमालेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ को नयाँ वर्षबाट सञ्चालनमा आएपनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्दै विमानस्थल सञ्चालन गर्न आवश्यक एयर सर्भिस एग्रिमेण्ट लगायतका अन्य आवश्यक पूर्वाधार निर्माण गरी नेपाल एयरलाइन्सको जहाजमार्फत यथाशिघ्र नियमति अन्तर्राष्ट्रिय व्यवसायिक उडान सुचारु गर्न आग्रह गरेको छ । त्यस्तै अन्य अन्तर्राष्ट्रिय विमान कम्पनीलाई समेत नियमित अन्तर्राष्ट्रिय उडान गर्न आकर्षित गर्ने नीति, योजना तथा कार्यक्रम तत्काल सञ्चालन गर्न प्रदेश सरकारमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको बताएको छ । सरकारले अध्ययन गरी सञ्चालन गर्न लागेको कालीगण्डकी तिनहुँ डाइभर्सन बहुउद्देश्यीय परियोजना संविधानअनुसार प्रदेश र स्थानीय तहसँग समन्वय नगरी संघीय सरकारले एकतर्फी रुपमा शुरु गर्न लागेको भन्दै परियोजना तत्काल खारेज गर्न माग गरेको छ ।

संकल्प प्रश्ताव दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका सांसद गोविन्द नेपालीले एमालेले तीन वटा संकल्प प्रश्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरेको बताउनु भयो । उहाँले संकल्प प्रश्तावमा सुस्ता गाउँपालिका गण्डकी प्रदेशमा रहनुपर्ने, कालीगण्डकी तिनहुँ डाइभर्सन बहुउद्देशीय परियोजना गण्डकी प्रदेशसँग समन्वय नगरीकन अघि बढाउन खोजिएकाले खारेजी गर्न माग गरिएको बताउनु भयो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुचारु गर्नका लागि प्रदेश सरकारले गर्नुपर्ने नीतिगत र विविध पहलकदमीहरुका बारेमा प्रदेश सभा सचिवलायमा दर्ता गराएको बताउनु भयो ।

संकल्प प्रश्ताव ग्रहणपछि बोल्दै गण्डकी प्रदेश सचिवालयका सचिव हरिराज पोखरेलले संकल्प प्रश्ताव प्रदेश सभा सदस्यहरले एक हप्ताअघि, मन्त्रीहरुले तीन दिनअघि सचिवलाई दिनुपर्ने प्रावधान रहेको बताउनु भयो ।

तीन वटै संकल्प प्रश्तावहरु सचिवले कार्यव्यवस्थाका नाममा दर्ता गर्ने तोक लगाइसकेपछि प्रक्रिया अघि बढ्ने सचिव पोखरेलले बताउनु भयो । संकल्प प्रश्तावको स्वीकार गर्ने वा नगर्ने भन्नेबारेमा निर्णय सभामुखको हुने र संसदको कामकारबाहीबाट संकल्प प्रश्ताव अघि बढ्ने बताउनु भयो ।