११ भाद्र २०८३, बिहीबार
,
Latest
बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा पुनर्स्थापना भए हाम्रो राजनीति सकिदैन : प्रधानमन्त्री ओली



अ+ अ-

कञ्चनपुर । नेकपा ओली समुहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभा पुनर्स्थापना भएपनि आफ्नो राजनीति नसकिने बताएका छन्।

सोमबार कञ्चनपुरको दैजीमा छेला औधोगिक क्षेत्र शिलान्यासपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुनर्स्थापना भएपनि वा नभएपनि आफ्नो राजनीति नसकिने बताएका हुन्।

‘अहिले प्रतिनिधि सभा विघटन भएको छ। देश चुनावतर्फ अघि बढेको छ’, ओलीले भने, ‘केही मान्छेहरु यस्तो भयो भने आफ्नो राजनीति सकिन्छ भनेर छटपटाइरहेका छन्। तर, हाम्रो राजनीति जे भएपनि सकिँदैन।’

उनले केही दिनअघि विराटनगरमा गरेको सम्बोधनलाई स्मरण गर्दै आफूले आन्दोलन गर्ने भनेर नाराजुलुशतर्फ संकेत नगरेको स्पष्ट पारे।

‘मैले त देश बनाउने आन्दोलन, लोकतन्त्रलाई बलियो बनाउने आन्दोलन भनेको थिएँ। उनीहरुले त नारा जुलुश बुझेछन्’, ओलीले भने, ‘राजनीति, अर्थतन्त्र, सामाजिक पक्ष, संस्कृति सबै पक्षको आन्दोलन निरन्तर चलिरहन्छ भनेको हुँ। नारा जुलुश गर्ने, ढुंगा मुढा गर्ने आन्दोलन भनेको होइन।’

उनले अदालतलाई धम्की नदिएको दाबी गर्दै थपे, ‘हामी लोकतन्त्रमा न्यायालयलाई धम्क्याउने, दबाब दिने कुरामा विश्वास गर्दैनौं। मैले कसैलाई धम्की दिनुपर्ने आवश्यकता छैन। हामी स्वतन्त्र न्यायालयको पक्षमा छौं, शक्ति पृथकीकरणको पक्षमा छौं।’

संसद पुनर्स्थापना भए देशमा फेरि अस्थिरता उत्पन्न हुने र पहिलेकै समस्याहरु दोहोरिने उनले चेतावनी दिए।

‘पुनर्स्थापना भए के हुन्छ ? फेरि प्रधानमन्त्री खोज्न हिँड्नुपर्छ। त्यसका लागि पार्टीहरु खोज्नुपर्छ’, उनले भने, ‘कसैको बहुमत पुग्दैन। भागबण्डाको राजनीति, खरिदबिक्री, अस्थिरता फेरि सुरु हुन्छ।’