२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

एक पटक सुर्य चिन्हबाट नलडेका प्रचण्डले कसरी पाउन्छन् सूर्य चिन्ह : प्रधानमन्त्री ओली

एक पटक सुर्य चिन्हबाट नलडेका प्रचण्डले कसरी पाउन्छन् सूर्य चिन्ह : प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्ह आफूहरूले नै पाउने बताए छन् । आइतबार आफू निकट युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दैं ओलीले प्रचण्ड एकपटक पनि सूर्य चिन्हबाट चुनाव नलडेको चिन्ह आफुले पाउने बताएका हुन् । 

प्रधनमन्त्री ओलीले २०४८ सालदेखि आफुँ सूर्य चिन्हमा चुनाव लड्दै आएको बताए।

प्रतिनिधि सभा पुनर्स्थापना केहीगरी भइहाले प्रचण्ड र माधव नेपाल हल बाँधेर प्रधानमन्त्री खोज्न निस्कने बताएका हुन् । 

‘जस्तोसुकै परिस्थिति आए पनि सामना गर्छु भन्दा डिफेन्सिफ भयो ?,’ प्रचण्डलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यसलाई लगेर प्रतिनिधि सभा विघटन बदर हुने भएछ त्यसकारण यसो भन्यो भन्न मिल्छ ?’ 

पुनर्स्थापना भयो भने के हुन्छ भन्ने अदालतलाई थाहा भएको ओलीको भनाइ छ।

‘पुनर्स्थापना भयो भने यहाँ के हुन्छ भन्दा प्रचण्डजी र माधव नेपालजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुहुन्छ। कहिले यसो उत्तरतिर कहिले यसो दक्षिणतिर लाग्नुहुन्छ। प्रधानमन्त्री भइदिनुस् न त्यति मानिदिनुस् न भन्नुहुन्छ। उहाँहरूको कुनै चान्स छ ? कुनै संभावना छ प्रधानमन्त्री हुनेरु एकभन्दा पनि तलतल प्रतिशत छैन उहाँहरूको संभावना। लडाइँ जित्नुभयो भने उहाँहरूले प्रधानमन्त्री खोज्दै हिँड्नुपर्छ। खोज्दै हिडेर अन्तिममा मैकहाँ आइपुग्न बेर लगाउनुहुन्न।’