२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

फोन ह्याक भएको यी ७ संकेतबाट थाहा पाउनुहोस्

फोन ह्याक भएको यी ७ संकेतबाट थाहा पाउनुहोस्
अ अ+ अ-

काठमाडौं। तपाईको खल्तीमा भएको फोनमा धेरै सूचनाहरु हुनसक्छन् । साथीहरुको तस्बिरदेखि जरुरी फोन नम्बर, बैंक एकाउन्ट नम्बर यी सबै फोनमा हुनसक्छन् । किनकि खल्तीको फोन केवल फोन नभएर पकेटको रकेट भएको छ आजको समयमा । यस्तो महत्वपूर्ण चीज ह्याक भयो भने कसरी थाहा पाउने कि तपाईको फोन ह्याक भयो भनेर ? समस्या हुन्छ र यसको समाधान पनि हुन्छ नै । कुनै पनि मोबाइल प्रयोगकर्ताले यी सात कुरा ध्यान दिए आफ्नो फोन ह्याक भइरहेको भन्ने थाहा पाउन सक्छ । 

१) फोन स्पिड 
यदि तपाईको फोन सामान्यभन्दा कम गतिमा चलिरहेको छ भने कि त्यो भाइरसको कारण कि मलिसियस किस्मको कारण हुनसक्छ । मेलिसियस प्रोग्राम जसले फोनको प्रस्तुति र प्रयोगकर्तालाई नोक्सान पुर्याउन सक्छ । यस प्रकारका भाइरसले फोनको सिधै गति प्रभावित गरिदिन सक्छ । तर कहिलेकाही नियमित रुपमा फोनको अपरेटिंग सिष्टम अपडेट हुँदा पनि यस्तो हुनसक्छ । एप्पलले पुराना आईफोनको गति कम गरेको स्वीकारेको थियो । 

२) फोन बढी तात्नु 
तपाईले ध्यान दिएकै हुनुपर्छ कहिलेकाही तपाईको फोन सोचेभन्दा बढी तात्छ । अमेरिकी इन्टेल टेक्नोलजीका विज्ञका अनुसार कुनै मेलिसियस एप्लिकेसन ब्याकग्राउण्डमा चलिरहेको कारण पनि यस्तो हुनसक्छ भने अर्को कारण फोनलाई सही तरिकाबाट बन्द नगर्दा पनि यस्तो हुन्छ । 

३) ब्याट्री लाइफ 
फोन लगातार तातिरहँदा यसको असर ब्याट्रीमा पर्न जान्छ । सोही कारण ब्याट्री आफ्नो आयुभन्दा कम समय नै चल्छ । तर सिष्टम अपडेटको कारण पनि ब्याट्री नटिक्न सक्छ । मोबाइल जोन वेबसाइटका अनुसार यदि अपडेट धेरै नै नयाँ र प्रभावशाली छ भने यसले खासै समस्या ल्याउँदैन । 

४) अज्ञात म्यासेज 
कुनै कुनै बेला फोन ह्याक भएको जानकारी तपाई भन्दा चाँडो साथीलाई थाहा हुनसक्छ । तपाईलाई कैयौँपटक नचिनेको नम्बरबाट म्यासेज आएकै होला । अथवा कहिलेकाही आफैँ फोनबाट म्यासेज गएको पनि याद नै होला । यस्तो अवस्थामा म्यासेज साथीसम्म पुग्नसक्छ । यस्तो ह्याकरहरुको कारण भएको हुनसक्छ । यस्तोमा तपाईंले एउटा मात्रै बटनको भरोसा गर्नु ठिक हुन्छ त्यो भनेको डिलेट नै हो । यस्ता सन्देशहरु इमेलबाट पनि आउन सक्छन् । त्यस्तो अवस्थामा म्यासेजमा पठाइएको कुनै पनि लिंक क्लिक गर्नुहुँदैन । 

५) कुनै विन्डो खुल्नु 
कुनै यस्ता भाइरस पनि हुन्छन् जुन अचानक आफ्नो फोनमा खुल्न पुग्छन् । कहिले विज्ञापनकोरुपमा त कहिले नयाँ विन्डोकोरुपमा ट्याबमा आउँछन् । कम्प्यूटरको भाषामा यसलाई पप अप्स भनिन्छ । साइबर सेक्युरिटी एक्सपर्ट जोसेफ स्टिनबर्गका अनुसार जब कम्प्यूटरमा इन्टरनेटको कारण नयाँ ट्याब खुल्छन्, फोनमा पनि कहिलेकाहीँ खुल्छन् । यसदेखि सावधान भएर टाढै रहनुपर्छ । 

६) नयाँ एप 
तपाईले फोनमा कहाँबाट एप डाउनलोड गर्नुहुन्छ, यी सबैको महत्व हुन्छ । धेरैजसो तपाईले सोचेभन्दा चाँडै इन्टरनेट प्याक सकिन्छ भने अनावश्यक एपले तपार्इंको डाटा खाइरहेको हुनसक्छ । स्टिनबर्गका अनुसार फोनलाई अपडेट गरिराख्न जरुरी छ । तर एप बनाउने कम्पनी विश्वसनीय हुनु पनि उत्तिकै जरुरी हुन्छ । 

७) ब्याकग्राउण्डको आवाज 

इन्टरनेटमा केही काम गर्दा अनौठो साउण्ड आउँछ । अथवा वेब पेज खोल्दा असामान्य कुराहरु देखिन्छन् । यस्तो कहिलेकाही किन हुन्छ भने टाढाबाट ह्याकरले तपाईंको फोन कन्ट्रोल गरिरहेको हुनसक्छ । यसको नतिजा तपाईको फोन अनौठो प्रकारले काम गर्न थाल्छ । सबैभन्दा डराउनुपर्ने कुरा त जब तपाईं कोहीसँग फोन गर्दै हुनुहुन्छ भने तपाईंको कल रेकर्ड कसैले गरिरहेको पनि हुनसक्छ । यस्तोमा यदि बिप वा यस्तै आवाज लगातार आइरह्यो भने कल रेकर्ड भइरहेको सम्भावना बढी हुन्छ । 

समाधान :

३ यी सबैकुराको समाधान छ । विश्वसनीय कम्पनीको एउटा एन्टिभाइरस फोनमा राख्नुहोस् । 
३ जुन एप तपाईले इन्स्टल गर्नुभएको होइन, त्यसलाई तुरुन्तै डिलेट गरिदिनुहोस् । 
३ वाईफाईको चक्करमा जहाँ पायो त्यहाँ फोन नजोड्नुहोस् । 
३ फोनमा कसैले अनुमानसम्म पनि गर्न नसक्ने पासवर्ड राख्नुहोस् । 
३ पप अप्समा कहिल्यै भुलेर पनि क्लिक नगर्नुहोस् । 
३ डिभाइसलाई अपडेट गरिराख्नुहोस् तर सम्हालिएर गर्नुहोस् । 
३ आफ्नो इन्टरनेट कसरी खर्च भइरहेको विचार पुर्याइराख्नुहोस् । (एजेन्सीको सहयोगमा)