११ भाद्र २०८३, बिहीबार
,
Latest
एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीमा नैतिकता र मानविय स्वाभिमान छ भने तत्काल राजीनामा दिनुपर्छ : पम्फा भुसाल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए १३ दिन भित्र बस्ने प्रतिनिधि सभाबाट निकाल्ने चेतावनी दिनुभएको छ । 

नेकपा प्रचण्ड–माधव समूहले बुधबार राजधानीमा निकालेको विजय सभालाई सम्बोधन गर्दै नेतृ भुसालले नैतिकता र मानविय स्वाभिमान छ भने तत्काल राजीनामा दिनुपर्ने बताउनुभयो । सर्वोच्च अदालतले निर्णय गर्ने वित्तिकै राजीनामा आउनुपर्नेमा अहिले सम्म राजीनामा नआएको भन्दै नैतिकताको आधारमा राजीनामा नदिए १३ दिन भित्र बस्ने प्रतिनिधि सभाबाट गलहत्याएर निकाल्ने चेतावनी दिनुभएको हो । उहाँले भन्नुभयो ‘हारेको प्रतिगामीले उठ्छु भन्ने परिकल्पना गरेको छ भने त्यो दुश्वप्ना हुनेछ । तेह्र दिन भित्र प्रतिनिधि सभाको बैठक बस्ने छ र त्यहाँबाट गलहत्याएर फालिने छ । म अहिले पनि अपील गर्छु यो संविधानको हत्या गर्ने र संविधानको संरक्षण गर्न नसक्नेहरुले छिटो भन्दा छिटो ठाउँ खालि गरिदिएर आफूले गरेको अपराधप्रति पश्चाताप गरेर कतै बसिदिए हुन्छ ।’

नेतृ भुसालले राष्ट्रपति विद्यादेवि भण्डारीलाई समेत राजीनामा दिन आग्रह गर्नुभएको छ । ‘बिहान पशुपतिनाथको जात्रा देखेको थिए मैले । त्यहाँ क्षमा याचना गर्नुभन्दा अब जनताका बीचमा क्षमा याचना गरेर हामीले छोडेम भनेर फैसला गरे हुन्छ ।’

प्रधानमन्त्री ओलीले संविधानको हत्या गर्ने र राष्ट्रपति निकायबाट त्यही रगतको टिका लगाउने काम भएको टिप्पणी समेत नेतृ भुसालले गर्नुभयो । तर सर्वोच्च अदालतले निर्णय गरेपछि राजीनामा आउनुपर्नेमा प्रवक्ता मार्फत राजीनामा नदिने भन्न लगाएको बताउनुभयो । राष्ट्रपतिले संविधानको रक्षा गर्न नसकेको समेत बताउनुभयो । उहाँले भन्नुभयो ‘केपी ओलीले संविधानको हत्या गर्ने, राष्ट्रपति निकायले त्यही रगतको टिका लगाउने । यो प्रतिगमनका मतियारहरुले मैले सोचेको थिए हिजो बेलुका सर्वोच्च अदालतबाट निर्णय आउँदै थियो । मैले पनि मिडियाबाट थाहा पाएको थिएँ । मैले सोचेको थिएँ अव तत्कालै यो गैह्रसंवैधानिक काम, यो संविधानको रक्षा गर्न नसक्ने असक्षमहरुको प्रतिगामीहरुले कमसेकम अलिकति पनि नैतिकता छ भने, अलिकति मानविय स्वाभिमान छ भने मैले हिजै राजीनामा देलान भनेको थिए तर एकदुई घण्टापछी उनैका प्रवक्ता द्धारा सुने नदिने रे ।’

नेतृ भुसालले जनताको अधिकारलाई सुरक्षा गर्न, संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सर्वोच्च अदालतले खेलेको भूमिका प्रति प्रशंसा समेत गर्नुभयो ।