• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर

कांग्रेसको नेतृत्वमा सरकार बने जनताको अपमान हुन्छ : लालबाबु पण्डित



काठमाडौं ।  प्रतिनिधिसभा सदस्य लालबाबु पण्डितले कांग्रेसको नेतृत्वमा सरकार बनाएमा  जनमतको अपमान हुने बताएका छन् । बिहीवार सामाजिक सञ्जाल फेसबूकमा सन्देश लेख्दै पूर्वमन्त्री समेत रहेका पण्डितले नेकपा एकताको सम्भावना समाप्त भइनसकेकाले कांग्रेसको नेतृत्वमा सरकार बनाए जनमतको अपमान हुने बताएका हुन् ।  

‘नेकपामा कठिन भए पनि एकताको सम्भावना समाप्त भएको छैन । बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन जान हुँदैन । यो जनमतको अपमान हुने भएकाले कही यस्तो अवस्था नआओस् । मेरो यसमा विरोध रहने छ । नेतृत्वलाई बेलैमा जानकारी गराउँछु,’ पण्डितले फेसबूकमा लेखेका छन् । पण्डित पार्टी विभाजनअघि नेकपामा माधव नेपाल निकट मानिन्थे ।

प्रतिनिधिसभा पुनःस्थापना भएको भोलिपल्ट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेका थिए ।