९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया

संघबाटै स्थानीय तहको बजेट विनियोजन हुँदा संघीयतामाथि प्रश्न उठ्यो: अध्यक्ष पौडेल

संघबाटै स्थानीय तहको बजेट विनियोजन हुँदा संघीयतामाथि प्रश्न उठ्यो: अध्यक्ष पौडेल
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले संघबाटै प्रदेश र स्थानीय सरकारमा बजेट विनियोजन हुँदा संघीयतामाथि प्रश्न उठेको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले भइरहेको सशर्त अनुदानका कारण संघीयता संकटमा पर्ने बताउनु भयो । उहाँले प्रदेश र स्थानीय तहले प्राथमिकीकरण गर्नुपर्ने योजना र छुट्याउनुपर्ने बजेट सिंहदरबारबाटै तोकिँदा संघीयता अफ्ठ्यारोमा परेको बताउनु भयो ।

उहाँले सिंहदरबारबाटै प्रदेश र स्थानीय सरकारका योजना तोक्ने हो भने प्रदेश र स्थानीय तह किन चाहियो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले अहिले भइरहेको सशर्त अनुदानको बाँडफाँडले प्रदेश र स्थानीय तहको बजेट बनाउने ठाउँ नै खाइदिएको बताउनु भयो । यसबारेमा सरकार गम्भीर हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सशर्त अनुदानमा यो जसरी अहिले ट्रान्सफर भइरहेको छ । त्यसले चारपाँच किसिमको समस्याहरु निम्त्याएको छ । यसले एउटा प्रदेश र स्थानीय तहको बजेट बनाउने स्पेस नै खाइदियो । बजेट, योजना बनाउने के भन्दा ? बजेटिङ भनेको प्रेडिक्शन गर्नुपर्छ, एक वर्षको । योजना भनेको पनि प्रेडिक्शन हो । जति अवधिको योजना हुन्छ, त्यति अवधिको प्रेडिक्शन गर्नुपर्छ । पूर्वानुमान योग्यता छैन भने त्यहाँ कुनै बजेट बनाउने स्पेस छैन । बजेट र योजना बनाउने भनेको प्राथमिकीकरण हो । प्राथमिकीकरण गर्ने स्पेस छैन भने बजेट बनाउन सकिँदैन । सशर्त अनुदान अहिले जसरी गएको छ । रकम नम्बर तोकिएरै जान्छ । योजना तोकिएरै जान्छ । यो खोल्सोदेखि त्यो गोठसम्म जाने दुई सय मिटरको बाटो पनि संघको सिंहदरबारबाट छर्लङ्ग देखिन्छ । यदी यहाँबाट यसरी छर्लङ्ग देखिने हो भने त्यत्रो भारी भड्कम प्रदेश र स्थानीय सरकार किन चाहियो ? गम्भीर प्रश्न यसले खडा गरेको छ । त्यसैले यसले बजेट र योजनाको स्पेसलाई अण्डरमाइण्ड गरेकै छ । यहाँ हामी गम्भीर भएनौँ भने यही प्वाइन्टबाट संघीयताको स्खलन शुरु हुन्छ । यसलाई गम्भीरतापूर्वक विचार गरौँ ।’

समितिको बैठकमा बोल्दै राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका सचिव कृष्णबहादुर राउतले संघ, प्रदेश र स्थानीय तहको खर्च जिम्मेवारीमा थप प्रस्टता हुनुपर्ने बताउनु भयो । उहाँले संघ, प्रदेश र स्थानीय तहले सम्पादन गर्ने कार्यहरुको मानक स्थापित गर्न संसदीय समितिबाट निर्देशन आवश्यक रहेको बताउनु भयो । उहाँले साझा अधिकारको सूचिमा रहेको धेरै कानूनहरु अहिले पनि बाझिने अवस्थामा रहेको बताउनु भयो । संघ सरकारले कानून निर्माण गर्न नसक्दा स्थानीय सरकार कार्यान्वयन हुन कठिनाइ भइरहेको बताउनु भयो । साझा अधिकारका सूचिको कानून निर्माणमा संघ सरकारले विशेष जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संघ, प्रदेश र स्थानीय तहको खर्च जिम्मेवारीमा थप प्रस्टता हुनुपर्ने देखिन्छ । संघ, प्रदेश र स्थानीय तहले सम्पादन गर्ने कार्यहरुको मानक स्थापित गर्न पनि निर्देशित हुनुपर्छ । यसमा अलि धेरै कामहरु दोहोरो, तेहेरो परिरहेका छन् । इन्स्टिट्युशन पनि ओभरल्यापिङ र डुप्लिकेसन छ । यसलाई हामी कसरी लिन्ठिङ गरेर त्यो थप क्लियारिटी ल्याउने भन्नेमा प्रधानमन्त्री कार्यालयबाट अनबण्डलिङको काम भइरहेको छ । त्यसले केही गर्ला र थप समितिबाट निर्देशित हुन्छ । साझा अधिकारको सूचिमा रहेको धेरै कानूनहरु अहिले पनि दर्जन भन्दा बढी छन् । त्यो कानून निर्माण हुन नसक्दा तलका अधिकारहरु कार्यान्वयन हुन नसकेको छ । त्यसले एउटा निराशा पैदा गरेको छ । यसलाई कसरी संविधानअनुसारको अधिकार प्रयोग गर्नसक्ने बनाउने भन्दा साझा अधिकारका सूचिको कानून माथि अलि छिटो बन्नसके राम्रो हुन्छ ।’

समितिको बैठकमा सांसदहरुले संघ सरकार र स्थानीय सरकारको अधिकार स्पष्ट हुनुपर्ने धारणा राखे । संघ र स्थानीय तहको अधिकार स्पष्ट हुन नसकेसम्म संघीयतामाथि प्रश्न उठिरहने बताए ।