१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलको कमर्सियल राइट्स ब्रान्ड लजिकलाई



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपिएल)को रणनीतिक व्यावसायिक अधिकार ब्रान्ड लजिकले पाएको छ ।

क्यानले बोलकबोल मार्फत मागेको ‘स्ट्राटेजिक एन्ड कमर्सियल राइट्स’ आवेदनमा सबैभन्दा बढी ५ करोड ९२ लाख रुपैयाँ बोली लगाएर ब्रान्ड लजिकले सो अधिकार प्राप्त गरेको हो ।

यस सम्झौतासँगै ब्रान्ड लजिकको सहकार्यमा नेपाल प्रिमियर लिगलाई थप व्यवस्थित र दिगो बनाउने अपेक्षा गरिएको छ ।

कम्पनीले खेलको प्रचारप्रसार व्यवस्थापनदेखि आर्थिकपक्षलाई थप मजबुत बनाउने जिम्मेवारी लिनेछ ।

सम्झौतामा लिगको ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन, र ग्राउन्ड ब्रान्डिङको अधिकार समावेश गरिएको छ ।

योसँगै ब्रान्ड लजिकले एनपिएलका खेलहरूलाई देशभर र अन्तर्राष्ट्रिय स्तरमा प्रसारण गर्ने अधिकार पाएको छ ।