४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

नेपालमा मानवीय सहयोग जारी रहन्छ, विपद् पीडितलाई नगदै : आइएफआरसी

नेपालमा मानवीय सहयोग जारी रहन्छ, विपद् पीडितलाई नगदै : आइएफआरसी
अ+ अ-

काठमाडौँ । बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ स्थित लक्ष्मी गिरीको गत असोज महिनामा आएको अकल्पनीय भूकम्पले घर ढाल्यो । जीवनको ओत लाग्ने सहारालाई कसरी उठाउने र छ सन्तानलाई कसरी हुर्काउने भन्ने चिन्ताले लक्ष्मीकी श्रीमान्को निधन भयो । उहाँले भन्नुभयो, “भूकम्पले घर ढाल्यो । छ छोरीको भविष्य र घर कसरी उठाउने भन्ने चिन्ताले भूकम्प गएको एक महिना नबित्दै जीवनको सहरा श्रीमान् बित्नुभयो । न जीवनको सहारा रह्यो, न बास । नेपाल रेडक्रसका स्वयंसेवकले त्रिपाल र कम्बल दिनुभयो । यसले केही सहयोग पुग्यो । तत्कालै रु १५ हजार नगद पाएँ । छोरीहरुलाई चिसो छल्न न्यायो लुगा किन्न र खानामा खर्च गरेँ । रेडक्रसले टहरो हाल्न (अस्थायी आवास निर्माण) शौचालय र खानेपानी ट्याङ्की बनाउन सहयोग गर्‍यो ।”

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ ९आइएफआरसी०ले विपद्पछि सङ्कटासन्न समुदायको तत्काल उत्थानका लागि उपलब्ध गराउने नगद सहयोगले समुदायमा सकारात्मक प्रभाव पारेको छ । पछिल्लो समय परोपकारी सस्था आइएफआरसी विपद्पछि सङ्कटासन्न समुदायलाई उत्थान गर्न तत्काल नगद सहयोग गर्ने नीति अवलम्बन गरेको छ । सोही नीतिअनुसार उसले गत वर्षको सुदूरपश्चिम र यस वर्षको कर्णाली भूकम्प पीडितलाई पहिलो चरणमा नगद सहयोग नै उपलब्ध गराएको थियो ।

डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँ केन्द्रविन्दु बनाएर विसं २०७९ कात्तिक २३ गते बिहान ६ दशमलव ६ म्याग्नेच्युड, बझाङको चैनपुरलाई केन्द्रविन्दु बनाएर विसं २०८० असोज १६ गते अपराह्न ६ दशमलव ३ म्याग्नेच्युड तथा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर विसं २०८० कात्तिक १७ गते राति ६ दशमलव ४ म्याग्निच्युड भूकम्प गएको थियो । ती भूकम्पले अकल्पनीय मानवीय एवं भौतिक क्षति पुर्‍याएको छ ।

नेपाल सरकारको नीति अनुसार आइएफआरसीले नेपाल रेडक्रस सोसाइटी मार्फत डोटी, बझाङ, बाजुरा, रुकुम पश्चिम, जाजरकोट र सल्यान जिल्लाका भूकम्प अतिप्रभावित प्रतिपरिवार अस्थायी आवास निर्माण गर्न रु ५० हजार, अत्यावश्यक वस्तु खरिद गर्न रु १५ हजार र शौचालय निर्माण गर्न रु १५ हजार, पानी ट्याङ्की रु सात हजार गरी जम्मा रु ८७ हजार प्रदान गरिरहेको छ ।

यहाँस्थित आइएफआरसीका देशीय प्रतिनिधि अजमद उल्लाले भन्नुभयो, “सङ्कटासन्न समुदायलाई विपद्को सामना गर्न सानो नगद सहयोगले ठूलो सहयोग पुग्ने हुनाले आइएफआरसीको विश्वव्यापी नीतिअनुसार हामीले पनि नेपाल सरकार, नेपाल रेडक्रसको समन्वयमा नगद सहयोग गर्ने नीति लिएका हाँै । यसबाट सङ्कटासन्न समुदायलाई तत्काल स्रोतको अभाव हुन दिँदैन । यसबाट सङ्कटासन्न समुदाय खुसी छन् ।” आफ्ना कार्यादेशअनुसार विपद् पीडितलाई राहत, प्रतिकार्य तथा पुनर्लाभका लागि मानवीय सहयोग जारी रहने उहाँले जानकारी दिनुभयो । उसले भूकम्पपीडितलाई आवास र गैरखाद्य सामग्री–नगद वितरण ९आकस्मिक आवास, तारपोलियन, म्याट्रेक्स, ब्ल्याङ्केट, बुकटेस०, स्वास्थ्य ९मनोसामाजिक परामर्श० सरसफाइ, जीविकोपार्जन तथा अत्यावश्यक वस्तु उपलब्ध गराउने कार्यलाई एकीकृतरूपमा उपलब्ध गराइराखेको छ ।

आइएफआरसीले जाजरकोट भूकम्प प्रभावितलाई तत्काल रु १० करोड सहयोग उपलब्ध गराएको थियो । स्वीट्जरल्याण्डको जेनेभास्थित आइएफआरसीको मुख्यालयले विपद् प्रतिकार्य राहत कोष (ड्रेफ) मार्फत नेपाल रेडक्रसलाई सो रकम उपलब्ध गराएको हो ।

सन् २०२३ को डिसेम्बरसम्मको प्रतिवेदनअनुसार आइएफआरसीले कर्णाली भूकम्पपीडित (रुकुम पश्चिम, जाजरकोट र सल्यान) चार हजार आठ सय ६५ परिवारलाई गैरखाद्य सामग्री, तीनसय ९२ रेडक्रसका स्वयंसेवक परिचालन, सात हजार पाँच सय मर्यादा सामग्री ९सरसफाइ०, दुई हजार तीन सय ५५ जनालाई मनोसामाजिक परामर्श, रेडक्रसको आकस्मिक स्वास्थ्य क्लिनिकमार्फत एक हजार आठ सय ४७ जनालाई स्वास्थ्य सेवा, दुई हजार एक सय ५० लाई अस्थायी आवास बनाउन अभिमुखीकरण, अस्थायी आवास बनाउन सरकारको नगद सहयोगलगायत अन्य जानकारीका लागि सहायता कक्ष स्थापना एवं यसमार्फत नौ हजार एक सय पाँचले सहयोग तथा अस्थायी आवास, शौचालय, खानेपानी भण्डारण तथा अन्य बहुउपयोगी सहयोगअन्तर्गत चार सय ३० परिवार लाभान्वित भएको जनाएको छ ।

हाल विश्वको एक सय ९१ देशमा मानवीय सहायता प्रदान गरिराखेको आइएफआरसीले नेपालमा हालै प्रकाशित गरेको सन् २०२३ को प्रतिवेदनले भन्छ “विपद् पूर्वविपद्को समय विपद्पश्चात् तथा स्वास्थ्य आपत्कालका सययमा सङ्कटासन्न व्यक्ति तथा समुदायका उत्थान, जीवनसुधार लागि मानवीय सहायता प्रदान गर्ने काम निरन्तर जारी रहन्छ ।”

प्रतिवेदनका अनुसार डोटी, बझाङ, बाजुराका एक हजार चार सय तीन परिवारलाई गैरखाद्य सामग्री, एक हजार दुई सय ६८ मर्यादा सामग्री ९सरसफाइ०, पाँच सय ६४ परिवारलाई बहुउपयोगी नगद सहयोग, एक सय १५ परिवारलाई अस्थायी आवास निर्माण तथा शौचालय निर्माणमा सहयोग, सात सय ६१ जनालाई सरसफाइ जानकारी, सात सय २१ जनालाई मनोसामाजिक परामर्श सेवा तथा चार सय आठ जनालाई अस्थायी आवास र हिंसा न्यूनीकरणसम्बन्धी जानकारी दिइएको उल्लेख छ ।

ड्रेफमार्फत सन् २०२३ मा आइएफआरसीले २६ जिल्लामा डेङ्गु सङ्क्रमण नियन्त्रण गर्न रेडक्रसको स्वयंसेवक परिचालनमा सहयोग गरेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ मा नेपालमा ५२ हजारभन्दा बढी डेङ्गु सङ्क्रमित भई २० जनाको अकालमा मृत्यु भएको थियो ।

‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ एवं सरसफाइ अभियानअन्तर्गत सात लाख ७७ हजार छ सय २५ जना लाभान्वित भएका, यसका लागि चार सय ७० स्थानमा लार्भा खोज र नष्ट गर कार्यक्रम सम्पन्न भएका, एक सय १५ रक्तदान कार्यक्रममार्फत पाँच हजार दुई सय १७ रक्तदाताले रगत दान गरेको आइएफआरसीद्वारा प्रकाशित प्रतिवेदनमा औँल्याइएको छ ।

आइएफआरसीका पाँच रणनीतिक प्राथमिकता र लाभान्वित व्यक्तिअन्तर्गत जलवायु र वातावरण सङ्कट कार्यक्रमअन्तर्गत दुई लाख ५४ हजार ५४, मूल्य मान्यता, शक्ति र समावेशीकरण कार्यक्रमबाट ५८ हजार ५३५, बसाइँसराइ र पहिचान कार्यक्रमबाट दुई हजार ३५५, सङ्कट र विपद् कार्यक्रमबाट दुई लाख ६१ हजार एक सय आठ, स्वास्थ्य र जीवनयापन सुदृढीकरण कार्यक्रमबाट १६ लाख आठ सय ६८ लाभान्वित भएको प्रतिवेदनमा जनाइएको छ । रासस