३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिराहा जिल्लामा नि:शुल्क स्वास्थ्य शिविर सञ्‍चालन हुँदै



अ+ अ-

काठमाडौं । श्री जनता वनवालि उच्च मा.वि. बर्छवामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्‍चालन भएको छ । नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले श्री शेर गण र श्री नं. २७ फिल्ड एम्बुलेन्स गुल्म तथा नरहा गाँउपालिकाको सहकार्यमा मिति २०७७।११।१५ गते सिराहा जिल्ला नरहा गाँउपालिकाका देवीपुर र बर्छवाका ५ वटै वडाका स्थानीय बासिन्दाहरुलाई लक्षित गरी शिविर सञ्‍चालन गरिएको हो ।

उक्त एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा श्री जिल्ला अस्पताल सिराहा, श्री जानकी मेडिकल कलेज धनुषा, श्री सगरमाथा आँखा अस्पताल र श्री नं.२७ फिल्ड एम्बुलेन्स गुल्म सहित जम्मा १६ जना स्वास्थ्यकर्मीहरुले सेवा उपलब्ध गराउनु भएको थियो । बिरामीहरुलाई  नि:शुल्क औषधी वितरण तथा स्वास्थ्य सेवा उपलब्ध गराइएको सो स्वास्थ्य शिविरबाट महिला- ५८२ र पुरुष- ३७९ जना गरि जम्मा ९६१ जना सर्वसाधारणहरु लाभान्वित भएका छन् । 

कार्यक्रममा स्वास्थ्य शिविरका साथै नेपाली सेना सम्बन्धी Join the Nepali Army, MIne Risk Education र विपद व्यबस्थापन सम्बन्धी जनचेतनामूलक प्रस्तुतिकरण समेत गरिएको थियो । सेना र आम नागरिक बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन यस किसिमको स्वास्थ्य उपचार सेवाले सकारात्मक भूमिका खेल्ने नेपाली सेनाले विश्वास लिएको छ ।