२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानद्वारा जहाजमा आधारित लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण



अ+ अ-

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आइआरजिसी) ले पहिलो पटक युद्धपोतबाट लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको बताएको छ ।

नौसैनिक युद्धाभ्यासका क्रममा शाहिद महदवीबाट प्रक्षेपणमा एक हजार सात सय किलोमिटर टाढासम्मको लक्ष्यमा आक्रमण गर्न सक्षम दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको थियो । “आइआरजिसीले पहिलो पटक ओमानको खाडीमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ”, सरकारी टेलिभिजनले भनेको छ ।

आइआरजिसी प्रमुख होसेन सलामीले भन्नुभयो, “युद्धपोतबाट लामो दूरीको ब्यालेस्टिक मिसाइलको प्रक्षेपण सफलतापूर्वक गरिएको छ ।”

अलगरूपमा सरकारी टेलिभिजनको रिपोर्टअनुसार मध्य इरानमा आइआरजिसीले तेलअविवको दक्षिणमा इजराइलको पाल्माचिम एयरबेसमा सतहदेखि सतहमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल आक्रमणको अनुकरण गरेको छ । रिपोर्टमा पाल्माचिम इजराइलमा ‘एफ–३५ लडाकू विमानको मुख्य आधार’ रहेको बताइएको छ ।

अक्टोबर ७ मा इजराइल–हमास युद्ध बढेपछि इरानी सैन्य अभ्यास बढ्दो क्षेत्रीय तनावको समयमा भइरहेको छ । इस्लामिक गणतन्त्र इरानले इजराइललाई मान्यता दिँदैन र लामो समयदेखि इजराइलविरुद्ध हत्या र तोडफोडको छायाँ युद्ध लडिरहेको छ ।

तेहरानले सन् १९७९ को इस्लामिक क्रान्तिदेखि प्यालेस्टिनी मुद्दाको समर्थनलाई आफ्नो विदेश नीतिको केन्द्रविन्दु बनाएको छ । पश्चिमी सरकारहरूले इरानको मिसाइल कार्यक्रमलाई लिएर बारम्बार चिन्ता व्यक्त गर्दै आएका छन् । रासस