११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा सुमन पोखरेल



अ+ अ-

काठमाडौं । नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा सुमन पोखरेल चयन हुनुभएको छ । शुक्रबार सम्पन्न संघको ४३औँ वार्षिक साधारणसभाबाट पोखरेल आगामी दुई वर्षको लागि संघको प्रथम उपाध्यक्षमा चयन हुनुभएको हो ।

बैंक वित्तीय संस्थामा दुई दशक भन्दा लामो अनुभव रहेका पोखरेलले शंकरदेव क्याम्पसबाट एमबिए गर्नुका साथै एमआइटी स्कुल अफ म्यानेजमेन्ट तथा इन्डियन स्कूल अफ म्यानेजमेन्टबाट डिजिटल फाइनान्स, फिनटेक तथा डिजिटल बिजनेस स्ट्राटेजीसम्बन्धी अध्ययन गर्नुभएको छ ।

पोखरेलले आईएमई ग्रुपको वरिष्ठ उपाध्यक्ष तथा नेपालको पायोनियर रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतरुपमा काम गर्नुभएको छ ।