२१ आश्विन २०८१, सोमबार
,
Latest
‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट खेल्न मैदानमा उत्रिँदै पारस खड्का



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सन्न्यासपछि पहिलो पटक घरेलु मैदानमा उत्रिने भएका छन् ।

तिलोत्तोमामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटनको अवसरमा आयोजना हुनलागेको प्रतियोगितामा पारसले खेल्न लागेका हुन् ।

एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको फागुन १४ गते उद्घाटन हुँदैछ । सोही अवसरमा एक्स्ट्राटेक प्राइभेट लिमिटेडले टी-१० फर्म्याटमा मैत्रीपूर्ण खेलको आयोजना गरेको हो ।

प्रतियोगितामा ४ टोली रहेका छन् । जसमा लेजेन्ड्स ९६, रुपन्देही लेजेन्ड्स, सन् २०१४ को विश्वकपमा सहभागी टोली र रेस्ट अफ नेपालले सहभागिता जनाउनेछन् ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव समेत रहेका पूर्व कप्तान खड्काले २०१४ टोलीको कप्तानी गर्नेछन् । टोलीको अन्य खेलाडीको नाम भने सार्वजनिक हुन बाँकि छ ।

यस्तै, १९९६ मा एलबी क्षेत्री, रेस्ट अफ नेपालमा कलाम अली तथा रुपन्देही लेजेन्ड्समा हरिबहादुर थापाले कप्तानी गर्ने बताईएको छ ।