४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट

जीबी राईका साझेदार पूर्वडीआईजी जोशीको घरमा प्रहरीको छापा

जीबी राईका साझेदार पूर्वडीआईजी जोशीको घरमा प्रहरीको छापा
अ+ अ-

काठमाडौँ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गैरकानुनी रूपमा ऋण लिई अपचलन गरेको विषयमा अनुसन्धान गर्न प्रहरीले गोर्खा मिडिया नेटवर्क (ग्यालेक्सी टेलिभिजन) का संस्थापक छविलाल जोशीको घरमा छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा जिल्ला प्रहरी परिसर काठमाडौंले जोशीको शंखमूलस्थित घरबाट सहकारीका खातापाता रहेका सफ्टवेयरसहितका हार्डड्राइभ नियन्त्रणमा लिएको हो ।

‘सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको सम्पूर्ण कारोबार यहीं (काठमाडौं) बाटै हुने गरेको रहेछ । त्यसको सफ्टवेयरसमेत यहीं रहेछ, पोखरामा कार्यालय र केही सामान्य कागजात मात्रै रहेछन्,’ प्रहरी अधिकारीहरूले भने, ‘यहाँ रहेका विवरण तथा सफ्टवेयरहरू नियन्त्रणमा लिइदिनू भनेर कास्की प्रहरीले अनुरोध गरेको थियो । केही विवरण नियन्त्रणमा लिएका छौं ।

गोर्खा मिडिया नेटवर्कमा गितेन्द्रबाबु (जीबी) राई, पूर्वडीआईजी जोशी र पूर्वसञ्चारकर्मी रवि लामिछाने साझेदार थिए । २०७८ वैशाखमा कम्पनी रजिस्ट्रार कार्यालयमा सेयर कायम हुँदा ५० प्रतिशत सेयरसहित राई अध्यक्ष, ३५ प्रतिशत सेयरसहित जोशी उपाध्यक्ष र १५ प्रतिशत सेयरसहित लामिछाने प्रबन्ध निर्देशक थिए । ४ करोड २० लाख रुपैयाँको उक्त सेयर २०७८ असोज २३ मा राईलाई बिक्री गरी उनी बाहिरिएका हुन् ।

जोशीको घरमा हालसम्म जीबी राईसम्बद्ध कम्पनी र सूर्यदर्शन सहकारीका कागजात तथा कम्प्युटर फेला परेका हुन् । उनको घरमा नेचर हर्ब प्रालिको कार्यालयसमेत छ । यही कार्यालयबाट सूर्यदर्शन सहकारीका सम्पूर्ण कारोबार हुने गरेको प्रहरीको निष्कर्ष छ । ‘सूर्यदर्शन सहकारीको अनुसन्धान सुरु गरेपछि त्यससँग सम्बन्धित दस्ताबेज तथा कम्प्युटर उपकरणहरू लुकाईछिपाई राखिएको रहेछ,’ प्रहरी स्रोतले भन्यो, ‘हामीले बुधबार दिउँसो अप्रेसन गरी ४ कम्प्युटरका हार्डड्राइभ नियन्त्रणमा लिएका हौं । ती हार्डड्राइभमा सहकारीको कारोबार हुने सफ्टवेयर फेला परेको छ ।’

नियन्त्रणमा लिइएका उक्त सामग्री लिनका लागि बुधबार नै कास्की प्रहरीको टोली काठमाडौं आइसकेको छ । ‘सहकारीको रकम हिनामिना गर्नेमाथि छानबिन हुनुपर्‍यो भनेर उजुरी दर्ता भएपछि कास्की प्रहरीले सूर्यदर्शन सहकारीको बचत हिनामिनाको विषयको अनुसन्धानलाई तीव्रता दिएको छ,’ कास्की प्रहरी स्रोतले भन्यो, ‘उजुरी परेका र ऋण प्रवाह भएका व्यक्तिहरूमाथि हामीले अनुसन्धान केन्द्रित गरेका छौं ।’ पीडितहरूले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायतमाथि जाहेरी दिएका छन् ।

जीबी राई समूहले पोखराका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको निष्कर्ष पोखरा महानगरको अध्ययन समितिले निकालेको छ । पोखरा महानगरको विज्ञ टोलीको राय प्रतिवेदनका आधारमा सहकारीका सञ्चालक, लेखा समिति संयोजक, सदस्य, लेखा अधिकृत र ऋण अधिकृतसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

जसमा चार जना पक्राउ परेका छन्, बाँकी फरार छन् । फरारमध्ये जीबीसहित तीनविरुद्ध डिफ्युज नोटिस जारी भइसकेको छ । इन्टरपोलले गत १२ गते राईका नाममा डिफ्युजन नोटिस जारी गर्दै उनलाई फरार सूचीमा राखिसकेको छ । पीडितहरूको दाबी र महानगरको अध्ययन प्रतिवेदनअनुसार लामिछानेको नाममा सूर्यदर्शन सहकारीबाट एक करोड र बुटवलमा सञ्चालित सुप्रिम सहकारीको पनि एक करोड रुपैयाँ प्रवाह भएको छ ।

ग्यालेक्सी टीभी सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कमा पनि सहकारीबाट गैरकानुननी रूपमा ऋण प्रवाह भएको, तत्कालीन समयमा लामिछाने उक्त कम्पनीका प्रबन्ध निर्देशक रहेको र लामिछानेको नाममा समेत ऋण प्रवाह भएको देखिएकाले पुन: अनुसन्धानको माग गरी जाहेरी दिएको संघर्ष समितिले जनाएको छ । पोखरा, चितवन, वीरगन्ज, बुटवल, नेपालगन्ज र काठमाडौंजस्ता प्रमुख सहरमा सहकारी खोलेका जीबी समूहले करिब ४९ हजार सर्वसाधारणको ७ अर्ब ६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको प्रारम्भिक विवरणले देखाएको छ ।

आजको कान्तिपुर पत्रिकामा समाचार छ ।