६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग

नातिकाजी नयाँ पुस्ताका पनि प्रेरणा हुनुहुन्छ: सङ्गीतकार बास्कोटा

नातिकाजी नयाँ पुस्ताका पनि प्रेरणा हुनुहुन्छ: सङ्गीतकार बास्कोटा
अ+ अ-

काठमाडौँ । वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाले वरिष्ठ सङ्गीतकर्मी तथा सङ्गीतमहर्षि नातिकाजी एक कुशल सङ्गीतज्ञ साधक र नयाँ पुस्ताका लागि पनि प्रेरणा हुनुहुन्छ भन्नुभएको छ ।

नातिकाजी स्मृति समाजका अध्यक्ष बास्कोटाले भन्नुभयो, “उहाँ सङ्गीतमा गुणस्तरीयताका लागि कठोर व्यक्ति हुनुहुन्थ्यो, जसले नेपाली गीत–सङ्गीतलाई यो स्तरमा पु¥याउन योगदान गर्नुभयो । त्यसैले पनि उहाँ नेपाली नयाँ पुस्ताको पनि प्रेरणा हुनुहुन्छ ।”

“समकालीनसँगै नयाँ पुस्तालाई पनि उहाँले उत्तिकै अवसर दिनुहुन्थो । हामीले पनि उहाँबाट धेरै प्रेरणा लिन पाएका छौँ । सङ्गीतको वर्तमान पुस्ताले पनि उहाँबाट प्रेरणा लिइरहेको छ । मलाई लाग्छ नातिकाजी हिजोको मात्र नभएर आजको नाति पुस्तासम्म नै गीत–सङ्गीतको मुटुमा रहनुभएको छ”, अध्यक्ष बास्कोटाले भन्नुभयो ।

नातिकाजीको स्मृतिमा स्थापित यस समाजले नेपालका स्रष्टाहरुलाई सम्मान प्रदान गर्नाका साथै उहाँको योगदानका बारेमा विविध कार्यक्रम गर्दै आएको छ । उहाँको ९९औँ जन्मजयन्तीका अवसरमा आज विभिन्न स्रष्टालाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रमपछि उहाँले नातिकाजीले नेपालको गीत–सङ्गीतका क्षेत्रमा गरेको योगदानको स्मरण गर्नुभयो ।

सो अवसरमा उहाँले नातिकाजीको सङ्गीतबारे व्यापक अनुसन्धान गरी उहाँका कालजयी गीतसङ्गीतको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष बास्कोटाका अनुसार नातिकाजीकै प्रयासमा रेडियो नेपालमा सङ्गीत सङ्ग्रहालय निर्माण भएको थियो ।

विसं १९८२ पुस ३ गते ललितपुरको पुल्चोकमा जन्मिनुभएका नातिकाजीले नेपाली राष्ट्रिय गीत, लोकगीत, आधुनिक गीत, भजन, गीतिनाटक, नाटक तथा चलचित्रका गीतमा स्वर तथा सङ्गीत दिनुभएको छ । उहाँले ‘नेपाली हामी रहाँैला कहाँ नेपाली नरहे’, ‘आजै र राति के देखेँ सपनीमा’, ‘फुलको थुँगा बगेर गयो गङ्गाको पानीमा’, ‘सान्ननीको गालैमा कालो कोठी रैछ’, ‘तिरिरी मुरली बज्यो वनैमा’ जस्ता चर्चित गीतमा सङ्गीत दिनुभएको छ । उहाँको निधन विसं २०६० कात्तिक १६ गते भएको थियो । रासस