२० भाद्र २०८३, शनिबार
,
Latest
युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पर्यावरणलाई स्वच्छ बनाउन सिमसार क्षेत्रको संरक्षण गर्न आवश्यक’



अ+ अ-

विराटनगर ।  ‘सिमसार र मानव कल्याण’ प्रमुख नाराकासाथ विश्व सिमसार दिवस–२०८० मोरङको पथरीमा विभिन्न कार्यक्रमका साथ आज यहाँ मनाइएको छ ।

डिभिजन वन कार्यालय र शान्ति सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरेद्वारा आयोजित कार्यक्रममा कोशी प्रदेशका वन, पर्यटन तथा वतावरणमन्त्री गणेश उप्रेतीले पर्यावरणलाई स्वच्छ बनाउन सिमसार क्षेत्रको संरक्षण एवं सम्वरद्धन गर्नुपर्ने बताउनुभयो ।

उहाँले सिमसार क्षेत्र आयआर्जनका माध्यम भएकाले यसको दोहन होइन संरक्षण हुनुपर्ने जनाउँदै जङ्गल र जङ्गलसँग जोडिएको सिमसारले पृथ्वीलाई सङ्कट हुनबाट बचाउने कुरामा जोड दिनुभयो । मन्त्री उप्रेतीले सिँचाइको मूल स्रोतको रुपमा रहेको सिमसारले जलचर तथा उभयचरलाई प्राण दिइरहेको चर्चा गर्दै यसको संरक्षणमा मन्त्रालयले आवश्यक कार्य गरिरहेको जानकारी दिनुभयो । वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले प्राकृतिक सम्पदा सिमसारलाई दिगो रुपमा संरक्षण गरी यसबाट लाभ लिन सक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “जमिन लक्दैन, पानी सुक्दैन’ त्यसैले सिमसारको महत्व छ ”,  भन्नुभयो, “प्रकृतिलाई बचाउन सकिएन भने भावी सन्ततीले प्राकृतिक सङ्कट व्यहोर्छ ।”

पथरी शानिश्चरे नगरपालिकाका प्रमुख मोहनबहादुर तुम्बापोले सिमसारले गर्दा प्राकृतिक प्राणीलाई बाच्न एवं चरण गर्न सजिलो हुने भएकाले यसको संरक्षण एवं प्रवर्द्धन गर्न नगरपालिकाबाट सक्दो सहयोग गर्ने कुरामा जोड दिनुभयो । डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरे र झापा डिभिजनका प्रमुख मेघराज रायले पाँच प्रतिशत सिमसारले ओगटेको हाम्रो भूभागलाई प्राकृतिक सौन्दर्यता दिन सिमसारले महत्वपूर्ण कार्य गरिरहेको छ भन्नुुभयो ।

शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुलबहादुर गुरुङले सिमसारले आन्तरिक पर्यटकलाई रमाउनका साथै रोजगार पनि सृजना गरेको जानकारी दिनुभयो । चित्रकला प्रदर्शनीका साथै पर्यावरण सम्बन्धमा विद्यालयस्तरीय विद्यार्थीले गरेका क्रियाकलापमा आयोजकले प्रमाणपत्र पनि वितरण गरेको थियो । रासस