७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवको योजना: अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल



अ+ अ-

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता भूमिगत अवस्थाबाट खुला रुपमा आउन थालेका छन् । खुला राजनीतिमा फर्किएको चन्द समूह अब कसरी अघि बढ्छ ? पार्टीगत संरचना कस्ता हुनेछन् ? नेता कार्यकर्ता कुन रुपमा प्रस्तुत हुनेछन् ? सरकारसँग सहमति भएकाबाहेक नलेखिएका सहमति के–के छन् भन्ने चासो र उत्सुकता आमरुपमा बढेको छ ।

तीन बुँदे सहमतिमा नपरेका–नलेखिएका तर सरकार र नेकपाबीच भद्र सम्झौताबारे वार्ता टोलीका सदस्य उदयबहादुर चलाउनेले केही स्पष्ट पारेका छन् । प्रतिबन्धपछि लागेका कतिपय जघन्य किसिमका मुद्दा फिर्ता र खारेजीबारे सरकारसँग अर्को समझदारी आवश्यक भएको उनले बताए ।

राजनीतिक एजेन्डालाई जनतामा लैजान सबै किसिमका विचार–सिद्धान्त राख्ने शक्तिसँग आफ्ना गन्तव्य र मागबारे पार्टीमा निर्णय गराएर छलफल चलाइने उनले खुलासा गरे । अन्तरिम संयुक्त सरकार र सर्वपक्षीय सम्मेलन पनि आफ्नो एजेन्डा रहेको उनले सुनाए । अदालतको आदेशबाट ब्यूँतिएको प्रतिनिधिसभाले निकास नदिने र यो विघटनकै बाटोमा जाने निष्कर्ष आफ्नो पार्टीको रहेको उनले सुनाए ।

राजावादीदेखि संसद्मा भएका अरु राजनीतिक शक्तिसँग पनि चन्द समूहले छलफलको तयारी थालेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।