२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्

तरकारीमा आत्मनिर्भर बन्दै कुमालखाडावासी

तरकारीमा आत्मनिर्भर बन्दै कुमालखाडावासी
अ अ+ अ-

दुल्लू । दैलेखको आठबीस नगरपालिका– ३ कुमालखाडीवासी तरकारी व्यवसायबाट आत्मनिर्भर बन्दै गएका छन् । गुजाराका लागि मात्र तरकारी फलाउँदै आएका किसान व्यावसायिक तरकारी खेती गर्न थालेपछि आत्मनिर्भर बनेका हुन् । 

तरकारी उत्पादन गर्नथालेपछि आम्दानीका साथै कुमालखाडा गाउँको नामसमेत बदिलएको स्थानीय बासिन्दा पवित्रा माझीले बताउनुभयो । “पहिला गाउँलाई कुमालगाउँ भन्थ्यौं, आजभोलि तरकारी नमूना गाउँ भनेर चिनिएको छ, विदेशिएका पुरुषसमेत मुग्लानबाट फर्केर तरकारी खेतीतिर लागेका छन्, कसैले तरकारी खेतीको व्यापारबाट तराईमा घडेरीसमेत किन्न योजना बनाएका छन्”, उहाँले भन्नुभयो । 
  
आजभोलि तरकारी खेती देखेर सोही ठाउँकी ६५ वषर््ीया धना कार्की दङ्ग हुनुहुन्छ । विगतका दिन सम्झिदै उहाँले भन्नुभयो, “पहिला हामी आलु, चना, मुसुुुरो केराउ लगाउथ्यौं, काउली, बन्दा, गोलभेडाको चलन थिएन, नून र खुर्सानीसँग छाक टाथ्र्यौ, पाहुना आएको दिनमा छरछिमेकीबाट दही दूधको जोहो गर्नुपथ्र्यौ ।”

तरकारीले आफ्नो जीवनमा समेत परिवर्तन ल्याएको अर्की महिला नानीदेवी शाहीले बताउनुभयो । केही वर्षपछि कर्णाली राजमार्गको ट्र्याक खोलिएपछि आम्दानीको आशा बोकेका कुमालाखाडीवासीको भने मुग्लानसँगको साइनो छुटेन । पैसा कमाउन भारत नै जानुपर्छ पुरानो चलनले निरन्तरता  पाइरह्यो । बस्तीमा स्वदेशमै बसेर आम्दानी हुन्छ भनेर सम्झाउने व्यक्ति थिएन । 

“कालापहाड नगएर कहाँ जाने जहान परिवार पाल्न पराइदेशमा पसिना बगाउनुपर्ने बाध्यता थियो”, स्थानीयवासी धर्मराज कार्कीले भन्नुभयो, “तलतिर कर्णाली नदी, सिलेटको छाना परम्परागत शैलीमा निर्माण भएका घरले सुन्दरबस्ती पराइदेश जाने पुरुषको लर्कोले गाउँ नै सुनसान देखिन्थ्यो, गाउँमा कोही दुःखी बिरामी पर्दा महिला नै हुन्थे ।” 

 पछिल्लो समय जाक्सी कुमालखाडाको गाउँले पहिचान बदलेको छ । पराइदेश जान छोडेर पुरुष गाउँकै तरकारीबारीमा भेटिन्छन् । आम्दानीको स्रोत गाउँकै तरकारी छ । तरकारीबाटै तराईमा जग्गा जमीन जोड्ने योजनामा छन् कुमालखाडावासी । 

पुरुषविहीन हुँदा सुनसान बस्तीमा अहिले मानिस आवतजावतले रमझम बेग्लै छ । नूनखुर्सानीको साहारामा छाक टार्ने गरेका कुमालखाडीवासी तरकारी उत्पादन गरेर आम्दानी गर्न थालेका छन् । त्यहाँ विदेशिनेको सङ्ख्यामा कमी आएको छ । घरमै बसेर महिनामा रु २० हजारदेखि रु ३० हजारको आम्दानी गर्ने गरेको उहाँहरु बताउनुहुन्छ । कुमालखाडावासीको तरकारी सुर्खेतसम्म निर्यात हुने गरेको छ । 

कृषकले बारीमा काउली, बन्दागोपी, गाँजर, मुला, गोलभेडा उत्पादन गर्दै आएका छन् । एउटै सिजनबाट एउटै गरा तरकारीबाट आफूले रु १२ हजार आम्दानी गरेको स्थानीयवासी शान्ति सिजापतिले बताउनुभयो । 

तरकारीको नमूना गाउँ :  तरकारी खेती उत्पादन गर्दै आइरहेका कुमालाखाडा नमूना गाउँ बनाइने भएको छ । आठबिस नगरपालिका र युरोपियन युनियन, डिसिए नेपालको आर्थिक सहयोगमा सोसेको सहजीकरणमा गाउँलाई तरकारीको नमूना गाउँ बनाउन लागिएको हो । नमूना गाउँ बनाउन युरोपियन युनियन र डिसिए नेपालले झण्डै रु नौ लाखको लगानी गरिसकेको छ । 

नमूना गाउँ बनाउनका लागि कृषकले गोठेमल सुधार, घरआँगन सरसफाइ, फोहर पाल्ने खाल्डो, जुठ्याल्नु बनाउनुपर्ने छ । व्यवसायिक तरकारी खेती, मूल्य शृङ्खलाअनुसार गोलभेडा, काउली, आलु, बदामलगायत छ वटा नगदेबालीलाई अगाडि बढाइने सामाजिक सेवा केन्द्रका उप कार्यकारी निर्देशक वसन्त श्रेष्ठले बताउनुभयो । कृषकले लगाएको तरकारी खेतीमा समस्या नआउहोस भन्नेको लागि सहयोगी संस्था सोसेकले दुई कृषि प्राविधिक कर्मचारी समेत खटाएको छ । पुरुषोत्तम थापा/रासस