१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

नाट्य महोत्सवमा विमर्श: सामाजिक सञ्जाल कति जञ्जाल ?

नाट्य महोत्सवमा विमर्श: सामाजिक सञ्जाल कति जञ्जाल ?
अ अ+ अ-

जनकपुरधाम । बिहीबारदेखि जनकपुरधाम साहित्यिक कार्यक्रमले गुञ्जयमान भइरहेको छ । साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवका विभिन्न विषयमाथि विमर्श, नाटक मञ्चन र सांस्कृतिक प्रस्तुतिका कारण जनकपुरधाम गञ्जयमान भएको हो ।

पाँच दिवसीय यो महोत्सवमा सांस्कृतिक झाँकी, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, बहुभाषिक नाटक, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी, विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितालगायत कार्यक्रममा समावेश छन् । महोत्सवको पहिलो दिन उद्घाटन सत्रमा हिन्दू तथा मुस्लिम धर्मावलम्बीका आस्था झल्किने प्रस्तुति तथा तामाङ सेलो र झिझियाजस्ता  नृत्यले महेन्द्र नारायण निधि संस्कृति केन्द्रको प्राङ्गणमा सिङ्गो देशकै सास्कृतिकस्वरुप झल्काउने प्रयास भयो । सबैभन्दा रोचक त सधैँ घुम्टोमा देखिने मुस्लिम धर्मावलम्बी किशोरीले यही आगनीमा खुलारुपमा प्रस्तुति  दिँदा अतिथि तथा दर्शकदीर्घामा बसेकासमेत हर्षविभोर देखिन्थे ।

कार्यक्रममा सहभागी  नेपाल पत्रकार महासङ्घ धनुषा शाखाका अध्यक्ष मनिका झाले  भन्नुभयो, “सम्भवत: पहिलोपटक यसरी साहित्यिक मञ्चमा मुस्लिम समुदायका दिदीबहिनीको आफ्नै संस्कृति झल्किने प्रस्तुति हेर्न पाउँदा खुसी लाग्यो ।” ‘नव घर उठ्य, पुरान घर…?’ शीर्षकको विमर्श पनि त्यस्तै रोचक थियो । सो सत्रमा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेकपा (एमाले)का सचिव योगेश भट्टराई, नेकपा ९एकीकृत समाजवादी० का सचिव रामकुमारी झाँक्री, राष्ट्रिय स्वतन्त्र पार्टी नेत्री सोविता गौतम र पूर्वराजदूत विजयकान्त लाल कर्णका बहसले नेपालको राजनीतिक परिदृश्य, नयाँ दलहरुको उदय, पुराना दलहरुको स्थितिबारे चर्चा गरेको थियो ।

यसैगरी अहिलेको चासो र चर्चाको विषय बनेको ‘सामाजिक सञ्जाल कि जञ्जाल’ माथिको विमर्शले धेरैलाई उत्साहित बनायोे । सो सत्रका वक्ता हुनुहुन्थ्यो, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष एवं राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महासङ्घका पूर्वअध्यक्ष शिव गाउँले, वरिष्ठ पत्रकार एवं विश्लेषक चन्द्रकिशोर र मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार रामभरोश कापडी ।

अध्यक्ष झाले सामाजिक सञ्जाल वर्तमान विश्वलाई भूमण्डलीकरण अर्थात् एउटा गाउँलाई विश्वग्राममा बदल्ने अवधरणालाई मूर्तरुप दिने माध्यमका रूपमा रहेको चर्चा गर्दै प्रयोगकर्ताको चेतना र बुझाइअनुसार यसको उपयोगिता निर्भर हुने बताउनुभयो । सामाजिक सञ्जालको उत्पत्ति नै व्यक्ति, समाज र फरक विश्वलाई एउटा सञ्जालमा जोड्नका लागि भएको उल्लेख गर्दै उहाँले  त्यसलाई असामाजिक बनाउने प्रवृत्तिलाई भने निरुत्साहित गर्नु जरुरी रहेको धारणा व्यक्त गर्नुभयोे ।

अध्यक्ष झाले भन्नुभयोे, “सामाजिक सञ्जाल एउटा देश र एउटा भूगोलका मान्छेका लागि मात्रै नभई, फरक विश्व र परिवेशका मान्छेलाई समेत एकअर्कामा जोडेर विश्वग्रामलाई मूर्तरुप दिने यो एक सशक्त माध्यम हो । त्यसैले यसको बहस पनि एउटा सहर, एउटा देश वा परिवेशमा रहेर गर्दा अपूर्ण हुन्छ ।”

सामाजिक सञ्जाल जञ्जाल भयो भन्ने बहस किन भइरहेको छ त भन्ने सञ्चालक स्नेहा झाको प्रश्नमा उहाँले बताउनुभयो, “यसलाई प्रयोग गर्न जान्नेलाई निकै लाभदायी हुन्छ भने  प्रयोग गर्न नजान्नेलाई जञ्जाल हुनसक्छ ।” त्यस अवसरमा अध्यक्ष झाले  ‘सहरक भीड़मे एसगर हम’ नामक कविता प्रस्तुत गर्दै सामाजिक सञ्जालका कारण लोकतन्त्रलाई भीडतन्त्रमा बदल्ने प्रयत्न गर्नेतर्फ भने सबै सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

अनलाइन खबर डटकमका प्रधानसम्पादक  शिव गाउँलेले परम्परागत छलफलका माध्यम, चोक, चौतारा, चियापसल, कचहरी र भेला अहिले सामाजिक सञ्जालमा परिणत भएको र त्यसले नागरिकलाई आफ्ना कुरा निर्धक्क भन्न पाउने आधार दिएको धारणा व्यक्त गर्नुभयो ।

विश्लेषक चन्द्रकिशोरले लोप हुन लागेको ज्ञान र विमर्शको परम्परालाई सञ्जालले थोरै भए पनि जागृत गर्ने काम गरिरहेको बताउनुभयो । साहित्यकार रामभरोस कापडीले सामाजिक सञ्जालमा राम्रा वा नराम्रा विचार, जानकारी, विषयवस्तु पनि उपलब्ध हुने भएकाले प्रयोगकर्ताले आफूलाई उपयोगी हुने सामग्री मात्रै ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो ।

राति अबेरसम्म प्रस्तुत कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत उपेन्द्र यादव, योगेश भट्टराई, रामकुमारी झाक्री, सोविता गौतमलगायतले आयोजक मैथिली विकास कोष, प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाको प्रशंसा गर्नुभएको थियो । रासस