२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरुण चौधरी र अजितनारायणलाई ग्राण्डीमा रिफर गरियो



अ+ अ-

काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई धापासी स्थित ग्राण्डी अस्पतालमा रिफर गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोको नियन्त्रणमा रहेका चौधरीलाई ‘स्वास्थ्यमा समस्या’ देखिएको भन्दै बिहिबार राति चिरायु अस्पतालमा भर्ना गरिएको थियो । उनलाई चिरायु अस्पतालले रिफर गरेपछि ग्रान्डीमा सारिएको सिआईबीका एक अफिसरले बताए ।

चौधरीको मुटुमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् । सोहि प्रकरणमा पक्राउ परेका बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंहलाई पनि ग्राण्डीमा रिफर गरिएको छ । स्वास्थ्यमा खराबी भएपछि उनलाई पनि बिहिबार चिरायु अस्पताल लगिएको थियो ।

उनीहरुले सरकारको नामको १० रोपनी जग्गा किर्ते गरेर निजीकरण गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।