५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरुण चौधरी र थापालाई सरकारी वकिल कार्यालय पुर्‍याइयो



अ+ अ-

काठमाडौँ । बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना प्रकरण पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई जिल्ला सरकारी वकिल कार्यालय लगिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले हिरासतमा राख्न अनुमति लिन सरकारी वकिलको कार्यालयमा लगिएको हो । यँहाबाट उनीहरूलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिनेछ ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा गैरकानुनी तरिकाले निजीकरण गरेको आरोपमा सीआईबीले चौधरीसहित छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र कारखानाको सञ्चालक समितिका वर्तमान अध्यक्ष सञ्जय ठाकुर पनि पक्राउ गरेको छ ।

बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन प्रमुख सिंहलाई प्रयोग गरेर २०४३ भदौ १० गते बिनोद चौधरीले च्याम्पियन फुटवेयर कम्पनी लिमिटेडका नाममा १० रोपनी जग्गा लिएका थिए ।