८ भाद्र २०८३, सोमबार
,
Latest
दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले विधेयकको प्रस्ताव पेस गर्ने आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जावलाखेल आहा रारा गोल्डकपको सेमिफाइनलमा, मनाङ सडन डेथमा स्तब्ध



अ+ अ-

पोखरा । जावलाखेल युथ क्लबले आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ । मनाङलाई सडन डेथमा हराउँदै जावलाखेल अन्तिम चारमा पुगेको हो ।

टाइब्रेकरमा मनाङका लागि रणदिप पौडेलले प्रहार गरेको नवौं पेनाल्टी जावलाखेलका गोलरक्षक युनेश चौधरीले बचाउँदै टोलीलाई सेमिफाइनल पुर्‍याए ।

यसअघि निर्धारित ९० मिनेटमा दुवै टिमबाट १–१ गोल भएको थियो । साथै, थपिएको अतिरिक्त समयमा पनि कुनै गोल निस्किन सकेन र खेल टाइब्रेकरमा पुगेको थियो ।

खेलमा जावलाखेलले पहिले अग्रता लिएको थियो । खेलको ५५ औं मिनेटमा जावलाखेलका हिसुब थपलियाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर, खेलको अन्तिमतिर मनाङका राजेश परियारले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले ८९ औं मिनेटमा गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिन पुग्यो ।