२० भाद्र २०८३, शनिबार
,
Latest
त्यो दिन छात्रावासमा सामान लिन गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली पिएचडी सीमापारि हुन्छ, त्रिविमा हुदैन: भिम रावल



अ+ अ-

काठमाडौं । एमाले नेता भिम डा भिम रावलले नक्कीली पिएचडी सीमामारि हुने गरेको तर नेपालमा नहुने गरेको प्रतिक्रिया दिएका छन् । उनले आज जसपाका नेता डा बाबुराम  भट्टराईलाई जवाफ दिँदै आफ्नो ट्वीट गरेका हुन् । डा भट्टराइ र रावलका बीचमा एमसीसीका विषयमा हिजोदेखि जुहारी चलेको छ । 

डा भट्टराइले आजमात्र एमसीसीका कट्टर विरोधी रही आएका एमाले नेता राववलले कुनै पनि हालतमा पारित गर्नु हुदैन भनेको विषयको विरोध गर्दै भिम रावलको पिएचडी नै नक्कली पो हो कि भनी प्रश्न गरेर ट्वीट गरेका थिए । 

त्यसैको प्रत्युत्तरमा डा रावलले पनि ट्वीट गरेर भनेका छन्, पिएचडी त सीमापारि नक्कली हुने चर्चा सुन्ने गरिन्छ तर नेपालको त्रिविमा नक्कली हुदैन । डा रावलले त्रिभुवन विश्वविद्यालयबाट पिएचडी गरेका हुन् भने डा भट्टराईले भारतको नेहरु विश्वविद्यालयबाट गरेका हुन् ।