९ फाल्गुन २०८१, शुक्रबार
February 21, 2025 Friday
Latest
सम्पत्ति शुद्धीकरण निवारणमा चुक्दा नेपाल एफएटिएफको ‘ग्रे लिष्ट’ मा च्याम्पियन्स ट्रफीः अफ्रिकाद्वारा अफगानिस्तान १०७ रनले पराजित तत्काल कुनै पार्टीसँग एकता हुन्न : एकीकृत समाजवादी जनताको चाहना सुशासन र समृद्धि एसपिए कैलाली प्रिमियर लिग–३ : गोदावरी र पुर्नवास ‘बी’ सेमिफाइनलमा प्रवेश ‘राष्ट्रिय गौरवको आयोजना नभएको प्रदेश कर्णाली’ आवश्यकता अनुसार शिक्षा नीति परिवर्तन हुन सकेन- अर्जुननरसिंह केसी पैदलयात्रीलाई ठक्कर दिएर फरार चालक पक्राउ कामपाका सामुदायिक विद्यालयमा उत्पादन भएका फोहर बेचेर आम्दानी कांग्रेस सम्पूर्ण जातजातिलाई एकापसमा जोड्ने पार्टी होः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरु



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको छ ।

केहीबेर अघि शुरु बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषय र पार्टी एकिकरणपछि सरकारलाई दिएको समर्थन के भन्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

आजै पार्टी केन्द्रीय कार्यालयको बोर्ड समेत फेरिने नेताहरुले बताएका छन् ।

सर्वोच्च अदालतले  तत्कालिन नेकपाको आधिकारिकता आइतवार ऋषी कट्टेललाई दिएसँगै एकिकरण भइ दुई समूहमा विभाजित नेकपा एमाले र माओवादी केन्द्रमा विभाजित भएका छन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेकपा ओली र प्रचण्ड९नेपाल पक्षमा विभाजित भएको थियो । त्यस्तै आइतवारको सर्वोच्चको निर्णयले पूर्व एमाले र माओवादीमा विभाजन भएका छन् ।