२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो

धरहरा निर्माणमा केही तत्वहरुले अवरोध पुर्याए : मेयर शाक्य

धरहरा निर्माणमा  केही तत्वहरुले अवरोध पुर्याए : मेयर शाक्य
अ अ+ अ-

काठमाडौं । काठमाण्डौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले ऐतिहासिक महत्वको धरहरा बनाउने काममा अवरोध नगर्न आग्रह गर्नुभएको छ ।

खिचापोखरी न्यूरोड व्यापार संघको ७ औ महाधिवेशन तथा १३ औ साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मेयर शाक्यले निहित स्वार्थमा रहेका केही तत्वहरुले विभिन्न वहानामा धरहरा निर्माण काममा अवरोध पुर्याउने गरेको भन्दै त्यस्तो काम कहीँ कतैबाट पनि हुन नहुने बताउनुभएको हो । धरहरा निर्माण सम्पन्न भएपछि त्यस क्षेत्रका बासिन्दा र व्यवसायीलाई दुवैलाई फाईदा हुने भएकाले दुवै पक्षले एक अर्काप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्ने बताउनुभयो । धरहरा बनाउने क्रममा सबै भन्दा बढी गाली आफुले खाएको भन्दै उहाँले महानगर एकाध समुहको विरोध र नाराबाजी नअल्झेर योजनावद्ध ढंगले अघि बढ्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “  धरहरा बनाउन दिनुहोस् । विभिन्न बहानामा कहिले सम्पदाको नाममा , कहिले अभियन्ताको नाममा यहँका बासिन्दाहरु हेइन, कहाँ कहाँबाट आउँछन् । अवरोध गर्छन् । ४ ५ जना आउँछन् । ब्यानर राख्छन् । जुलुश गर्छन् । जिन्दावाद, मुर्दावाद भनेर जान्छन् । तर हामीले त्यो कामलाई समयमा सम्पन्न गर्नपर्छ र हामीले पनि सोचेका थियौ त्यो काम सम्पन्न भयो भने यो क्षेत्रलाई व्यवसायीकहरुपले उकास्छ । घरधनी र व्यवसायी दुवैलाई फाईदा हुन्छ । दुवैको दृष्टिकोण सकारात्मक हुनुपर्छ । त्यो बनाउँदा सबै भन्दा बढी गाली खाने मै हुँ । अहिले पनि टुँडिखेल बेचेर खायो भन्छन् । तर महानगर योजनावद्ध ढंगले अघि बढेको छ । अघि बढ्छ । ”

मेयर शाक्यले एकले अर्कोलाई दोषारोपण गरेर नभई सबैले आ आफ्नै स्थानबाट जिम्मेबार रहेर दायित्वबोध गर्न पनि आग्रह गर्नुभयो । कोभिड १९ को समयमा  महानगरले उपत्यकामा रहेका कोही पनि उपत्यका बाहिर नजान आग्रह गरेको र सबैको व्यवस्थापन गर्छु भन्दा भन्दै बाहिरीने र भित्रिने काम भएको स्मरण गर्दे उहाँले जिम्मेवारी लिन खोज्दा खोज्दै पनि विभिन्न किसिमका टिप्पणी भएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो “उपत्यकाका सबैको व्यवस्थापन गर्छौ भन्दा भन्दै धन भएको मन नभएको काठमाण्डौ भनेर न्युजमा आयो । ”उहाँले कोभिड विरुद्धको खोप लगाउने कार्यक्रम सुरु भईसकेकाले एकीकृत रुपमा अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

व्यवसायीक वातावरण निर्माण तथा व्यवसायको सुरक्षाका लागि महानगर कटिबद्ध रहेको भन्दै उहाँले सुझाव तथा समस्या भए स्पष्ट राख्न पनि आग्रह गर्नुभयो । उहाँले संघको नेतृत्व चयन गर्ने क्रममा हुने निर्वाचन पछिको परिणामलाई लिएर मनमुटाव गर्ने, असहयोग गर्ने जस्ता मुल राजनीतिमा देखिए जस्तो दृष्य संघमा नदेखियोस् भन्ने तर्फ पदाधिकारीको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो “ लोकतन्त्रको नाममा चुनाव लड्ने । पक्ष विपक्ष । दुईवटा धार हुने, कहिले ३ धार हुने, जित्नेलाई हार्नेले असहयोग गर्ने । दुवै वा तीनैजना अध्यक्ष हुन लायक हुने । निर्वाचनमा सबैले जित्न नसक्ने । जित्नेले हारेकोलाई कसरी समेट्ने ? हारेकोले जित्नेलाई कसरी सहयोग गर्ने ? त्यो व्यवस्थापन गर्न नसक्दा अहिले के के दुर्रदशा हामीले देखिरहेका छौ । त्यस्तो रोग यहाँ नहोस् भनेर तपाईहरुलाई ध्यानाकर्षण गराउन चाहन्छु । काम गर्नका लागि केही समस्या भए त्यसको व्यवस्थापन हामी गर्छौ । सुझाव छ भने वडाअध्यक्ष मार्फत भने पनि हुन्छ महानगरपालिकासंग यस्तो अपेक्षा छ भनेर । हामी व्यवस्थापन गर्न तयार छौ । सुरक्षाको ग्यारेण्टी हामी दिन्छौ । सुरक्षाको तपाईहरु चिन्ता लिनु पर्दैन । ठूला ठूला चोकमा सिसि क्यामेरा जडान गरिसकेका छौ । व्यापारीहरुले पनि आ आफ्नै ढंगले क्यामेरा जडान गर्नुभएको छ । तर तपाईले राखेको सुरक्षा क्यामेरा मनोरञ्जनका लागि नहोस् । त्यो सूचना दुरुपयोग नहोस् ।”

मेयर शाक्यले व्यवसायीको हकहित तथा व्यवसायीक वातावरण निर्माणका लागि महानगरपालिका सधै लागिपरिरहने प्रतिवद्धता पनि जनाउनुभयो ।