२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो

सरकार गठनबारे कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय

सरकार गठनबारे कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले संसद,सरकार,राजनीतिक प्रक्रिया र संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी संग छलफल गर्ने भएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिशडाँडामा बसेको स्थायी कमिटीको बैठकले वर्तमान राजनीतिक परिस्थितिका बारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपासंग प्राथमिकताका साथ छलफल र वार्ता गर्ने निर्णय गरेको हो । त्यसपपछि आवश्यकताको आधारमा नेकपा एमालेसंग पनि वार्ताको प्रक्रिया अघि बढाउन सकिने निर्णय बैठकले गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी बैठकले संगठनात्मक कामका सम्बन्धमा अहिलेको परिस्थितिको बारेमा पार्टीलाई प्रशिक्षित गर्न फागुन २९ गते केन्द्रीय कमिटीको बैठक र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ ।

उहाँले भन्नुभयो “नेकपा एमालेसंग पनि वार्ता हुनेछ । तर मुख्य जोड कांग्रेस र जनता समाजवादी पार्टीसंग हुनेछ । हामीले राजनीतिक पार्टीको हैसियतले दलहरुसंग वार्ता गर्ने कुरालाई खुल्ला राख्छौ । संगठनात्मक कामका सम्बन्धमा अहिलेको परिस्थितिको बारेमा पार्टीलाई प्रशिक्षित गर्न हामीले यही फागुन २९ गते काठमाण्डौमा केन्द्रीय कमिटीको बैठक र चैत १ गते कार्यकर्ता भेलाको आयोजना गर्ने निर्णय गरेका छौ ।”

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले यसअघि निर्वाचन आयोगमा बुझाएका केन्द्रीय सदस्यहरुको बैठक बस्ने पनि नेता श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सबै पार्टीसंग छलफल गरेपछि राजनीतिक परिस्थितिको गम्भीर समिक्षा गरेर मात्रै सरकारलाई दिएको समर्थनका बारेमा पार्टीले निर्णय गर्नेछ  । बैठकले सरकार गठन र सरकारमा रहेका सांसदहहरुको सवालमा भने ठोस निर्णय गरेको छैन । सरकारमा रहेका सांसदहरुले पहिला आफ्नो दृष्टिकोण र भूमिकाका बारेमा स्पष्ट पारेपछि मात्रै बैठकले निर्णय गर्ने नेता श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “उहाँहरुले पछिल्लो परिस्थिति अनुसार आफ्नो दृष्टिकोण र भूमिकाका बारेमा धारणा प्रस्तुत गर्नुहुने अपेक्षा गरेका छौ । त्यसपछि पार्टीले के गर्नुपर्छ त्यसअनुसार नै गर्छ । ”
सर्वोच्च अदालतको फैसला पछि माओवादीलाई राजनीतिक घाटा लाग्या हो भन्ने प्रश्नमा उहाँले एकीकृत पार्टीका तर्फबाट गर्न सक्ने काम गर्न नसकेर क्षति पुगेको भएपनि संगठनमा त्यसले असर नपर्ने प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो “हामीले नाफा र घाटाको हिसाब गरेका छैनौ । हामीले निश्चित रुपमा  नेपाल कम्युनिष्ट पार्टी नेकपा निर्माण गर्दा ठूलो अपेक्षा र ठूलो उद्देश्य सहित एकता गरेका थियौ । हामीले एकता जोगाउन भरमजदुर प्रयत्न गर्यौ र नेपाली कम्युनिष्ट आन्दोलनलाई नेपालमा आफ्नै नेतृत्वमा सरकार बनाएर सामाजिक आर्थिक रुपान्तरण गर्ने, सामाजिक न्याय सहितको सम्मृद्ध नेपाल  बनाउने, समाजवादको आधार तयार पार्ने र समाजवादको बाटोमा आजको आवश्यकता अनुसार नयाँ ढंगले अगाडि बढ्ने अवसर हामीलाई प्राप्त थियो । त्यो अवसरलाई हामीले हर हालतमा पक्रक पथ्र्यो । त्यो संभावनालाई हामीले व्यवहारमा अनुवाद गर्नुपथ्र्यो । त्यसमा निश्चित रुपमा समस्याहरु देखा परे । निश्चित रुपमा कमजोर पार्ने काम भएको छ । त्यसअर्थमा यो क्षति हो तर हामीले सांगठनिक रुपमा नाफा घाटालाई हिसाब गरेका छैनौ ।”

निर्वाचन आयोगले दुईवटा पार्टी फेरी मिल्न सक्ने संभावना सहितको पत्र पठाउँदै छ भन्ने छ नि ? भन्ने संचारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो “हाम्रो यहाँ यस्तै यस्तै छ । अदालतले तपाईहरु मिल्न चाहनुभयो भने मिल्न सक्नुहुन्छ भन्छ । हामीलाई अदालतको आदेश चाहिदैन । मिल्न सके मिल्ने मिल्न नसके नमिल्ने गर्नका लागि । त्यस्तै निर्वाचन आयोगको पनि चाहिदैन हामीलाई । हामी एकता गर्न मन लागे एकता गछौ । संभव भए गछौ संभव नभए गर्दैनौ । ”