२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो

मंगलबार नेप्से दोहोरो अंकले घट्यो, करीब ५ अर्बको शेयर कारोबार

मंगलबार नेप्से दोहोरो अंकले घट्यो, करीब ५ अर्बको शेयर कारोबार
अ अ+ अ-

काठमाडौं । मंगलबार नेप्से परिसूचक २३.२२ अंकले घटेर २ हजार ४ सय ६१.८८ विन्दुमा बन्द भएको छ । यो दिन शेयर कारोबार मापक नेप्से ०.९३ प्रतिशतले दोहोरो अंकले झरेको हो । 

आजको दिन बजार २ हजार ४ सय ९४.०५ विन्दुदेखि खुला भएर २ हजार ४ सय ५३.५४ विन्दुसम्म झरेको थियो । यो दिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ४.४७ अंक घटेर ४ सय ४५.२१ विन्दुमा झरेको छ । यो भनेको ०.९९ प्रतिशत हो । 

मंगलबार करीब ५ अर्ब बराबरको शेयर कारोबार भएको छ । यो दिन २१० वटा कम्पनीको ५२ हजार ५ सय ९१ पटकको व्यापारमा उक्त रू. ४ अर्ब ७५ करोड २७ लाख ८ हजार बराबरको १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता शेयर कारोबार भएको हो । 

आज शेयर बजारको कुल कारोबारमा सर्वाधिक हिस्सा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ओगटेको छ । यस कम्पनीको रू. ६५ करोड ३५ लाख ४१ हजार बराबरको शेयर कारोबार भएको हो । यो दिन होटल्स तथा पर्यटन समूहको परिसूचक २.९८ प्रतिशत, जलविद्युतको १.८ प्रतिशत र म्युचुअल फण्डको ०.०७ प्रतिशत बढेको छ । बाँकी समूहको परिसूचक भने यो दिन घटेको छ ।

यो दिन हिमालयन उर्जा विकास कम्पनीको ९.९७ प्रतिशत, चन्द्रागिरी हिल्स लिमिटेडको ९.९२ प्रतिशत, नेपाल हाइड्रो डेभलोपरको ९.८८ प्रतिशत, रैराङ हाइड्रोपावरको ९.७८ प्रतिशत र युनाइटेड फाइनान्सको ९.७५ प्रतिशतले मूल्य बढेको छ ।  

यो दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.६७ प्रतिशत घटेको छ । दोहोरो अंकले घटेको बजारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ५.१८ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १०० ले घटेर अन्तिम मूल्य रू. १ हजार ८३० कायम भएको हो ।