११ असार २०८३, बिहीबार
,
Latest
कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीसँग आयोगको परामर्श- जेठ ४ मै चुनाव गर्न तयार छौँ (आयोगकाे परामर्शसहित)



अ+ अ-

काठमाडौँ । आगामी जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने समझदारी भएको छ । आज प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने समझदारी बनेको हो । निर्वाचन आयागले जेठ ५ गतेअगावै स्थानीय चुनाव हुनुपर्नेमा जोड दिइरहेको थियो ।

त्यसैअनुसार आजको छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव गर्नुभएको बताइएको छ । गत पुस ९ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाख १४ र २२ गते गर्नुपर्ने सुझाव दिएको थियो ।

तर सत्तारुढ गठबन्धनका नेकपा माओवादी (केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तहको निर्वाचनलाई निर्धारित समयभन्दा छ महिना पर धकेल्ने प्रयास गरेका थिए । प्रधामन्त्री देउवाले ती दलको अनुरोधलाई अस्वीकार गर्दै समयमै निर्वाचन गर्न लाग्नुभएको हो ।