२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल्लु अर्जुनको स्वास्थ्य समस्याका कारण ‘पुष्पा–२’मा ढिलाई हुने



अ+ अ-

एजेन्सी । यही वर्ष रिलिज हुने साउथका दुई बहुप्रतिक्षित फिल्म अल्लु अर्जुन स्टारर ‘पुष्पा–२’ र जुनियर एनटीआर स्टारर ‘देवारा’का लागि दर्शकले केही समय कुर्नुपर्ने भएको छ ।

पुष्पा–२ को निर्माण पक्षले १५ अगस्ट २०२४ मा रिलिज मिति तय गरेपनि देवराका निर्माताहरुले भने अप्रिल ५ मा रिलिज गर्ने तयारी गरेका थिए । तर, अहिले यी दुवै फिल्म निर्धारित समयमा रिलिज नहुने सुनिएको छ ।

सुपरस्टार अल्लु अर्जुन लामो समयदेखि ‘पुष्पा–२’ को सुटिङमा व्यस्त थिए । तर, अहिले केही स्वास्थ्य समस्याका कारण उनले सुटिङबाट ब्रेक लिएका छन् । अल्लुले फेरि कहिले सुटिङ सुरु गर्ने हो थाहा छैन, तर उनको ब्रेकले फिल्मको पोस्ट प्रोडक्सनलाई असर गर्ने निश्चित छ ।