११ असार २०८३, बिहीबार
,
Latest
कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी नेपाल कम्प्याक्टसम्बन्धी सबै दस्ताबेज सार्बजनिक छन्: एमसिए–नेपाल



अ+ अ-

काठमाडौ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले एमसीसी नेपाल कम्प्याक्टसम्बन्धी कुनै दस्तावेजहरू ‘गोप्य’ वा ‘नलुकाइएको’ स्पष्ट पारेको छ । एमसीसी नेपाल कम्प्याक्टसम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू प्राप्त भएको अर्थ लाग्ने भनाइ हालै विभिन्न सञ्चार माध्यममा देखिएको सम्बन्धमा मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)को ध्यानकर्षण भएको जनाएको छ ।

एक बिज्ञप्ति जारी गर्दे  एमसीसी नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था हो र यस संस्थाले साबर्बजनिक महत्वका सम्पूर्ण दस्ताबेज आफना वेभसाईडमा  तथा अन्य माध्यामबाट सबैसाधारणका लागि जानकारी मा राखेको जनाएको छ । एमसीसी नेपाल नेपाल सरकारको जिम्मेबार निकाय भएको र एमसीसी नेपाल कम्प्याक्ट नेपालको आर्थिक हितका लागि नेपाल सरकारबाट  कार्यन्वयन गर्न लागिएको सम्झौता भएकाले यस सम्बन्धी कुनै दस्ताबेज गोप्य राखिनु वा लुकाईनु एमसीसी नेपालको पारदर्शिताको प्रतिबद्धता बिपरित हुने जनाएको छ ।

सोमबार मात्र नेकपा एकिकृत समाजबादीका नेता झलनाथ खनालले केपी ओली नेतृत्वको सरकारले लुकाएको दस्तावेज प्राप्त भएको र त्यसको अध्यायन भै रहेको जनाउनु भएको थियो । नेता खनाल बिभिन्न समयमा गठन भएको अध्यायन कार्यदलका संयोजक समेत हुनुहुन्छ ।