७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतको आदेश अकल्पनीय, अघि बढ्नुको बिकल्प छैन : प्रचण्ड



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा (माओबादी केन्द्रको) केन्द्रीय कमिटी बैठकको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरू भएको  छ । सर्बोच्च अदालतको आदेश पछि  नेकपा एमाले र माओबादी केन्द्र अलग अलग अस्तित्वमा पुगेपछि पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले सर्बोच्च अदालतको निर्णय, त्यसपछि उत्पन्न राजनीतिक अबसथा र अबको रणनीतिबारे धारणाा राख्नु भएको छ ।  

एकता पूर्ब केन्द्रीय सदस्य रहेकाहरु लाई सहभागी गराईएको बैठकमा अध्यक्ष दाहालले अदालतको आदेश अकल्पनीय भएको टिप्पणी गर्दे फेरी पनि अघि बढ्नुको बिकल्प नभएको बताउनु भएको छ । उहाले एमाले अध्यक्ष केपी ओलीले माधब नेपाल पक्षमाथी निषेधको राजनीति गरेको भन्दै ढिलोचाडो फेरी एकता अभियान सुरुहुने भन्दै अभिब्यक्तिहरु दिदा सचेतता अपनाउन  पनि आग्रह गर्नुभएको छ ।