१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा गढीमाईको पूजा



अ+ अ-

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले बाराको बरियारपुरमा रहेको प्रसिद्ध धार्मिक स्थल गढीमाई मन्दिरमा पूजापाठ गर्नुभएको छ ।

मधेश प्रदेशको बारा, पर्सा, रौतहट एवं सर्लाहीको धार्मिक भ्रमणमा रहनु भएका शाहले बिहीबार साँझ गढीमाई मन्दिरमा पूजापाठ गर्नुभएको हो ।

गढीमाईको दर्शन गर्न आउनु भएका शाहलाई स्थानीयहरूले भव्य स्वागत गरेका थिए। उनीहरुले पूर्वराजा शाहको पक्षमा केही समय नाराबाजी समेत गरेका थिए।

‘राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा कसको जनताको, जनता कसको राजाको’ लगायतका नाराहरू लगाएका थिए। आगामी माघ १३ गते वीरगन्जस्थित लाल बंगलाको प्राङ्गणमा पूर्व राजा शाहलाई नागरिक अभिनन्दन गरिने कार्यक्रम समेत रहेको छ ।