२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै

खुलामञ्चका बाँकी संरचना हटाउँदै महानगर, अस्थायी वसपार्क स्थानान्तरण गर्ने तयारी

खुलामञ्चका बाँकी संरचना हटाउँदै महानगर, अस्थायी वसपार्क स्थानान्तरण गर्ने तयारी
अ अ+ अ-

काठमाडौँ । खुल्ला मञ्चमा भएका अस्थायी संरचना हटाउने क्रमलाई महानगरले तीव्र बनाएको छ । पहिलो चरणमा केही संरचना र बारबेर हटाइसकेको महानगरले दोस्रो चरणमा डोजर लगाएर संरचना हटाउन थालेको हो । 

दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुननिर्माण कार्य सम्पन्न चरणमा पुगेकोले बाँकी सामाग्री र संरचना हटाउन थालिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको भनाइ छ । अस्थायी वसपार्कलाई  अन्यत्र व्यवस्थापन गरेर भएपछि खुल्ला मञ्चलाई खुल्ला गर्दैछौं । ज्ञवालीले योजना सुनाउनुभयो । 

नगर प्रहरी उपरीक्षक धनपति सापकोटाकाअनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणलाई पत्र काटेरै खाली गर्ने वातावरण बनाउन आग्रह गरिएको छ । हिजो (आइतबार) खुलामञ्चमा पुर्ननिर्माणका लागि निर्माण सामग्री राख्न बनाइएका टहरा वरिपरिका वार भत्काइएको छ । त्यहाँका अस्थायी संरचना क्रमश भत्काइनेछ ।