२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै

ओली–नेपाल समूह वार्ता : २८ गतेको निर्णय नमान्ने नेपाल पक्षको अडान

ओली–नेपाल समूह वार्ता : २८ गतेको निर्णय नमान्ने नेपाल पक्षको अडान
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको वार्ता निष्कर्ष विहिन भएको छ ।

पार्टी कार्यालय धुमबाराहीमा सोमबार भएको वार्तामा दुवै पक्षले पार्टीलाई एकतावद्ध गर्दे अघि बढाउने प्रतिवद्धता जनाएपनि आ आफ्ना अडानमा रहेपछि ठोस सहमति हुन नसकेको हो । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एकिककरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा पुर्ववत् रुपमा नेकपा एमाले  र नेकपा माओवादी केन्द्रको अवस्थामा पुगेको भन्दै त्यसपछिका निर्णयहरुको प्रभाव शुन्य हुनुपर्ने अडान नेता नेपाल पक्षले राखेको थियो । सो प्रस्ताव अनुसार अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसलापपछि फागुन २८ गते गरेको निर्णय फिर्ता वा खारेज गरेको जानकारी गराउनुपर्ने थियो । तर २८ गतेको निर्णय खारेज गर्ने पक्षमा ओली नरहेपछि वार्ता सकारात्मक दिशामा अघि बढ्न नसकेको प्रतिक्रिया नेता नेपाल पक्षका नेताहरुले दिएका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपालले पुरानै अवस्थामा फर्किऔ भनेर गरेको प्रस्ताव अध्यक्षले स्वीकार नगर्दा बैठकको अन्त्य टर्रो रुपमा भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो “सुरुवातमा राम्रो कुरा भयो । छुट्टीने बेलामा टर्रो कुरा भयो । यथास्थानमा रहने स्थिति बन्यो । सर्वोच्च अदालतले फैसला गरिसकेको अवस्थामा पुर्व एमालेको जुन पुरानो अवस्था हाअ‍े यो अवस्थामा पार्टीको संरचना, पादधिकारी र सदस्य यथावत स्वीकार गर्ने स्थितिमा जाउँ भनी हामीले भन्यौ । पार्टीलाई एकतावद्ध बनाउँ, आन्दोलनलाइृ पनि अरु पार्टीलाई पनि समेटेर लैजाने काम गरौ भन्यौ । अरु कुरा भन्दा पनि २८ गतेको उहाँको आफ्नो सानो गुटको भेला हो त्यसलाई उहाँले केन्द्रीय कमिटीको बैठकको नाम दिनुभएको छ । त्यसैमा कुरा मिलेन । ”

नेता नेपाल पक्षका उपाध्यक्ष भीम रावलले पार्टी एकतावद्ध गरेर जाने विषयमा सबैको एकमत भएपनि सर्वोच्च अदालतको फैसला पछिका क्रियाकलावहरुको प्रभाव शुन्य बनाएर अघि बढ्ने विषयमा सहमति जुट्न नसकेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “नेपाल कम्युनिष्ट पार्टी एमालेलाई कसरी एकतावद्ध गरेर लैजाने भन्ने विषयमा छलफल गरयौ । सर्वोच्च अदालतको फैसलापछि तात्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र जसरी नेपाल कम्युनिष्ट पार्टी नेकपा भनेर एउटै पार्टी बनेको थियो । अब त्यो स्थिति नरहेर हामी अलगअलग नेकपा एमाले र नेकपा माओवादी केन्द्र भ रहने स्थिति उत्पन्न भएपछि स्वभाविक रुपमा हामी ३ बर्ष अगाडि जुन स्थितिमा थियौ त्यही स्थितिबाट हाम्रा सबै गतिविधिहरु,कामकारवाहीहरु अगाडि बढ्नुपर्छ भन्ने कुरा स्वयम्मा स्पष्ट छ । यो राजनीतिक दृष्टिकोणबाट,कानुनी दृष्टिकोणबाट,अदालतको फैसलाको दृष्टिकोणबाट यो कुरा स्पष्ट छ । आजको छलफलमा हाम्रो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री र स्थायी समिति सदस्यले आआफ्नो धारणा राख्यौ । हामी जहिले पनि वामपन्थी एकताको पक्षमा थियौ । आज पनि छौ । र नेकपालाई पार्टीलाई एकतावद्ध बनाएर अगाडि लैजानुपर्छ भन्ने हाम्रो धारणा रहेको छ भनेर हामीले स्पष्ट भन्यौ । जब सर्वोच्च अदालतले नेकपा एमाले आज भन्दा ३ बर्ष अगाडिको पुर्ववत अवस्थामा फर्कियो भनिसकेपछि हाम्रा सम्पुर्ण कामहरु त्यही स्थितिबाट सबै गतिविधिहरु र कामकारवाहीहरु अगाडि बढ्नुपर्छ भन्ने स्पष्ट छ ।”

सर्वोच्च अदालतको फैसला मान्ने हो भने फैसलापछिका सम्पुर्ण क्रियाकलाप को प्रभाव शुन्य हुनुपर्ने र त्यो गर्न आफुहरु तयार रहेपनि अध्यक्ष एवं प्रधानमन्त्री ओली तयार नभएको नेता रावलले बताउनुभयो । विशेष गरि अध्यक्ष ओली २८ गतेको निर्णयबाट पछि हट्न नखोजेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “सर्वोच्च अदालतको २३ गते को फैसला पछिका क्रियाकलापको प्रभाव शुन्य हुन्छ । पार्टी अध्यक्षबाट यसबीचमा जुन कामहरु भयो, २८ गतेको केन्द्रीय कमिटि भनिएको छ, त्यसका निर्णयहरु भनिएको छ । हामीलाई खबर नगरिएको, त्यहाँ गरिएको भनिएका निर्णय को प्रभाव पनि शुन्य हुन्छ भन्ने तथ्यगत कुराहरु राख्यौ तर त्यो कुरालाई तदनुकुल स्वीकारर्ने कुरा हामीले सुन्न पाएनौ । त्यो कुरा नभएपछि हामी त्यसमा सहमत हुनै सक्तैनौ । किन भने सर्वोच्च अदालत फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुर्ववत अवस्थामा गयो भनिसकेपछि त संगठनात्मक र राजनीतिक, बैचारिक र व्यवहारिक दृष्टिकोणबाट हामी पुर्ववत अवस्थामा गयौ नि त । पुर्ववत अवस्थामा गयौ भनिसकेपछि त्यो अवस्थालाई स्वीकार गरेनौ भने हामीले मान्ने अवस्था आउँदैन ।”

उहाँले आफुहरु नेकपाको विधान पद्धति अनुसार भएका कामकारवाहीमा साझा रुपमा मानेर अघि बढ्न तयार भएपनि अध्यक्षले आफुले गरेका कामलाई चाही गरिहाल्ने अनि अरु कुरा मानिदिनुपर्ने भन्ने भाव देखाएकाले त्यस्तो कुरा आफुहरुलाई स्वीकार्य नहुने बताउनुभयो ।

नेता घनश्याम भुसाल पार्टीको पुर्ववत अवस्थामा फर्किऔ भन्ने प्रस्तावमा कुरा नमिलेपछि बैठक कुनै निष्कर्षमा पुग्न नसकेको बताउनुभयो । उहाँले अपेक्षाकृत बैठक नभएको र एजेण्डाका दृष्टिकोणबाट सार्थक नभएको बताउनुभयो ।

अध्यक्ष ओली पक्षका नेता सुवास नेम्वाङ्गले पार्टी एकतावद्ध गरेर जाने भन्नेमा सबैको एकमत भएपनि पछिल्ला राजनीतिक विषयमा नेताहरुबीच मतान्तर रहेको बताउनुभयो ।
त्यसैगरी महासचिव ईश्वर पोख्रेलले एमालेलाई एकतावद्ध गरेर लैजाने विषयमा छलफल भएको बताउनुभयो । २८ गतेको निर्णयका सम्बन्धमा संचारकर्मीहरुले राखेको जिज्ञासामा उहाँले अर्याल होटलमा भएका कुरा, ४ र ७ गतेका कार्यक्रमको पनि कुरा आउँछ नि भन्दै नेता नेपाल पक्षले गरेको क्रियाकलापको कुरा उठाउनुभएको थियो ।