२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

६९ औं फिल्मफेयर अवार्डः ‘एनिमल’लाई सर्वाधिक १९ नोमिनेशन



अ+ अ-

एजेन्सी । ६९ औं फिल्मफेयर अवार्ड २०२४ का लागि मनोनयनहरू घोषणा गरिएको छ । निर्देशक करण जोहर, अभिनेत्री जान्हवी कपुर र अभिनेता वरुण धवनले सोमबार आयोजित पत्रकार सम्मेलनमा यो घोषणा गरेका हुन् ।

यस वर्षको सबैभन्दा ठूलो आश्चर्य यो हो कि शाहरुख खानले उत्कृष्ट अभिनेताको लागि दुईवटा मनोनयन प्राप्त गरेका छन् । एउटा फिल्म ‘जवान’ र अर्को ‘डंकी’का लागि ।

जहाँ रणवीर कपूर स्टारर फिल्म ‘एनिमल’ले यो वर्ष सबैभन्दा बढी १९ नोमिनेसन पाएको छ । विक्रान्त मेसी अभिनित चलचित्र ‘१२थ फेल’ले पनि केही प्रमुख विधामा मनोनयन प्राप्त गरेको छ ।

६९ औं फिल्मफेयर अवार्ड २०२४ जनवरी २८ मा गुजरातको गान्धीनगरमा गुजरात टुरिजमसँगको सहकार्यमा आयोजना गरिनेछ । यसलाई बलिउड फिल्मको सबैभन्दा ठूलो अवार्ड मानिन्छ ।

यसअघि २७ जनवरीमा प्राविधिक अवार्ड समारोह आयोजना गरिने छ जसको आयोजना आयुष्मान खुरानाले गर्नेछन् । २८ जनवरीमा हुने मुख्य कार्यक्रम आयुष्मानसँगै करण जोहर र मनिष पलले आयोजना गर्नेछन् ।