२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै

अनुचित व्यापारिक क्रियाकलापका विरुद्ध उजुरी गर्न उपभोक्तालाई आग्रह

अनुचित व्यापारिक क्रियाकलापका विरुद्ध उजुरी गर्न उपभोक्तालाई आग्रह
अ अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका अनुचित व्यापारिक क्रियाकलापका विरुद्ध उजुरी गर्न उपभोक्तालाई आग्रह गरेको छ ।

सोमबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बजारमा खाद्यपद्धार्थको मिसावटलाई नियन्त्रण गर्न र स्वास्थ्यमा हानी पुर्याउने वस्तुको विक्रि वितरणलाई नियन्त्रण गर्नका लागि अनुचित व्यापारिक क्रियाकलापका विरुद्ध उजुरी गर्न आग्रह गर्नुभएको हो । उहाँले महानगरपालिकाले सक्रिय रुपमा बजार अनुगमन गरिरहेको पनि बताउनुभयो । बजारलाई गुणस्तरीय र स्वच्छ बनाउनको लागि स्थायी ल्याव सञ्चालनको तयारीमा रहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘बजार अनुगमनको लागि आफ्नै ऐन जारी भएपछि अनाधिकृत बजार नियमन गर्न महानगरले अझै सक्रिय रुपमा बजार अनुगमनको काम कारबाही अगाडी बढाइरहेको कुराको जानकारी समेत म दिन चाहान्छु । यसरी नै महानगरको बजारबाट, बजारलाई गुणस्तरीय, स्वच्छ र प्रतिस्पर्धात्मक बनाउने हेतुले मोवाइल ल्याव, भ्यान र एउटा स्थायी ल्याव सञ्चालनको अन्तिम तयारीमा रहेको कुरा यहाँहरु माझ राख्न चाहान्छु । र बजारमा देखिने खाद्यपद्धार्थको मिसावटलाई नियन्त्रण गर्न र आम उपभोक्ताको स्वास्थ्यलाई हानी पु¥याउने किसिमका वस्तु तथा  सेवाको विक्रि वितरणलाई नियन्त्रण गर्न अनुचित व्यापारिक क्रियाकलापका विरुद्ध उजुरी गरेर महानगरपालिकालाई सहयोग गर्न पनि सबैमा आग्रह गर्न चाहान्छु ।’

उपमेयर खड्गीले आफ्नो व्यवसायले कानुनी प्रक्रिया पुरा गरे÷नगरेकोमा समेत सचेत हुन ध्यानाकर्षण गराउनुभयो । गुणस्तरीय सामान उत्पादनमा उत्पादकको मात्रै भुमिका नहुने भन्दै उहाँले ढुवानी, भण्डारण, विक्रि वितरणमा जोडिएका सबै पक्ष र उपभोक्ताहरु पनि सचेत र जिम्मेवार हुनुपर्ने बताउनुभयो ।