२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशुलीमा ‘गाडी खसेको’ आशंका



अ+ अ-

काठमाडौँ । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा त्रिशुली नदीमा बत्ती बलेको देखिएपछि गोताखोरको टोली परिचालन गरिएको छ ।

मुग्लिन प्रहरीका अनुसार मंगलबार बिहानै गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेका छन् ।

प्रहरीका अनुसार नदीमा गाडी खसेको हुनसक्ने अनुमान छ । यद्यपि कुनै पुष्टि भने भइसकेको छैन ।

नदी किनारमा एउटा फलामको टुक्रा र भारतीय नम्बर प्लेट भेटिएको प्रहरीले जनाएको छ । तर, यो पहिलेको हो या अहिलेको हो भन्नेबारे यकिन हुन सकेको छैन ।