२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै

अध्यक्ष तिमिल्सिना र इजरायलका राजदूत गोडेरबीच शिष्टाचार भेट

अध्यक्ष तिमिल्सिना र इजरायलका राजदूत गोडेरबीच शिष्टाचार भेट
अ अ+ अ-

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले शिष्टाचार भेटघाट गर्नुभएको छ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा दोस्रो कार्यकालका लागि हालै नियुक्त इजरायली राजदूत गोडेरले तिमिल्सिनासँग सोमबार भेट गर्नुभएको हो। भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्षसम्म दुई देशबीच सुमधुर र मैत्रीपूर्ण सम्बन्ध रहेको बताउनुभयो।

उहाँले दुई देशले संयुक्त राष्ट्रसंघ जस्ता अन्तर्राष्ट्रिय मञ्चहरुमा साझा चासोका विषयहरुमा निकट रहेर सहकार्य गरिरहेको बताउनुहुँदै दुई देशका संसदबीच समेत सुमधुर सम्बन्ध रहेको जानकारी गराउनुभयो।

इजरायलले नेपाली नागरिकलाई रोजगारीको अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले  विशेषगरी कृषि क्षेत्रमा प्रविधि भित्र्याउन तथा सीप विकासमा गरेको सहयोगका लागि आभार व्यक्त गर्नुभयो।

'इजरायलको कृषि क्षेत्रमा काम गरेर तथा कृषि सम्बन्धि विभिन्न तालिम गरेर फर्किएका नेपालीले कृषिमा सफलता हासिल गरेका छन्,' उहाँले भन्नुभयो, 'उनीहरुले सिकेको सीप र भित्र्याएको प्रविधि अन्य नेपाली कृषकले पनि प्रयोग गर्न पाउनु खुसीको कुरा हो। यसले हाम्रो कृषि क्षेत्रमा व्यवसायिकता र प्रविधिको प्रयोग बढाएको छ।'

अध्यक्ष तिमिल्सिनाले दुई पक्षबीच सम्झौता भएर हाल रोकिएको ज्येष्ठ नागरिकहरूको स्याहारसुसारमा नेपाली कामदार जाने प्रक्रिया छिटो सुरु गराउन राजदूत मार्फत इजरायल सरकारलाई अनुरोध गर्नुभयो। यसमा दूतावासले पछिल्लो समय चासो देखाएकोले छिटो नतिजा निस्कने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी उहाँले नेपालमा अहिले लगानीमैत्री वातावरण भएकाले इजरायली लगानीकर्तालाई जलविद्युत, पर्यटन र कृषि, सूचना-प्रविधि, खानी लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो।

भेटका क्रममा इजरायलका राजदूत गोडेरले नेपालमा दोस्रो कार्यकालका लागि आउन पाउँदा खुसी व्यक्त गर्नुभयो।

इजरायलमा वार्षिक पाँचसय जना नेपाली एघार महिने कृषि तालिम लागि जाने गरेको बताउँदै उहाँले अब छिट्टै जेष्ठ नागरिकको स्याहारका लागि नेपाली इजरायल जानेक्रम सुरु हुने जानकारी गराउनुभयो।

'इजरायलमा विदेशी कामदारले पनि स्वदेशी बरारबरको सेवा सुविधा पाउने गरेका छन्।कामदारबीच कुनै विभेद छैन,- राजदूत गोडेरले भन्नुभयो, -नेपाली कामदालाई पनि समान अवसर दिने कुरामा इजरायल प्रतिवद्ध छ।'

नेपालमा पर्यटकको रुपमा घुम्न आउँदा इजरायली नागरिक महिनौं बिताउने गरेको र कृषि तथा सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न इच्छुक रहेको उहाँले जानकारी गराउनुभयो।