२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली पिसिआर रिपोर्ट बनाउने दुइ अस्पतालका कर्मचारी पक्राउ



अ+ अ-

काठमाडौँ।नक्कली पिसिआर रिपोर्ट बनाउने अस्पतालका चार जना कर्मचारी तथा बिचौलियाहरू पक्राउ परेका छन् । बैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल सरकारले तोकेको भन्दा अत्याधिक बढी रकम लिई स्वाबको नमुना समेत नलिई नक्कली पिसिआर रिपोर्ट बनाईदिने कर्मचारी तथा बिचौलिया पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेड र काठमाडाै तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि. का कर्मचारीहरू संलग्न रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ । 

केही दिन यता पिसिआरको नक्कली रिपोर्ट बनाउने गरेको सूचनाको आधारमा महाशाखाले मंगलबार नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडका कर्मचारी परिचयपत्र भएका रोशन कुमार छिट्टानलाई नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडबाट जारी भएका ८ थान नक्कली पिसिआर परीक्षण रिपोर्ट सहित एयरपोर्ट अगाडिबाट पक्राउ गरेको थियो । रोशनलाई लिएर जिल्ला भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटार स्थित नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा पुग्दा उक्त हस्पिटलका ल्याब म्यानेजर प्रसन्न कुमार झालाई फेला पारी नियन्त्रणमा लिइए थियो । 

साथै काठमाडौं तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि.का कर्मचारी परिचय पत्र भएका नागेन्द्र कुमार यादवलाई १७ थान नक्कली पिसीआर रिपोर्ट सहित सोही अस्पताल अगाडि फेला पारी उक्त अस्पतालको ल्याबमा पुग्दा  सोही ल्याबका कर्मचारी माधव मैनालीलाई  फेला पारी नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार, सम्बन्धित व्यक्तिहरुको स्वाब संकलन तथा परीक्षण नै नगरी कान्तिपुर अस्पताल प्रा.लि. बाट ‘पिसिआर टेस्ट नेगेटिभ’ भनि उल्लेख भएका ४ थान नक्कली पिसिआर परीक्षण रिपोर्ट सहित जम्मा चार जना ब्यक्तिहरुलाई पक्राउ गरिएको हो । 

यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरु समेतको रोहबारमा दुवै अस्पतालका ल्याबबाट पिसिआर रिपोर्ट जेनेरेट गर्न प्रयोग भएका कम्प्यूटर लगायतका उपकरण र पिसिआर परिक्षण दर्ता गरिएका रजिष्टरहरु समेत नियन्त्रणमा लिईएको महाशाखाले जनाएको छ । भने फरार रहेका दुबै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरुको खोजतलास कार्य भइरहेको महाशाखाले जनाएको छ । साथै दुबै अस्पतालका पिसिआर ल्याबहरू सिल गरि पिसिआर सम्बन्धी सबै सेवा हाललाई बन्द गरिएका छन् । 

यस्तै, सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाब बिनै बिचौलियाहरुले आफैले आफ्नै स्वाव संकलन गरि बिभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको अनुसन्धानले देखाएको छ । भने बिचौलिया र ल्याबका कर्मचारी एवं व्यबस्थापनको मिलेमतोमा बिदेश जाने व्यक्तिहरुलाई पिसिआर रिपोर्ट नेगेटिभ बनाइदिने भनि प्रति व्यक्ति १० हजार रुपैयाँ सम्म असुल गरेको भेटिएको महाशाखाले जनाएको छ ।