११ माघ २०८१, शुक्रबार
,
Latest
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण ट्रम्पको निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ: ह्वाइट हाउस प्रहरीले जसलाई पनि सम्पती शुद्धीकरणको मुद्दा लगाइदिन्छ भन्ने हल्लामा कुनै सत्यता छैनः महान्यायाधिवक्ता बडाल प्रचण्डद्वारा सहिद परिवारसँग भेटवार्ता निशा अधिकारीसहित ‘प्ले इट वन’को टीम चलचित्र निर्माणमा, ‘माया प्रीति’ घोषणा कामकाजी अभिभावकको भरोसा बन्दै दिवा शिशु स्याहार केन्द्र भारतमा रेल दुर्घटनामा सात नेपालीको मृत्यु, सरकारद्वारा दुःख व्यक्त आज पनि सकिएन रविको थुनछेक बहस तीन वर्षभित्र बुटवल–गोरुसिङगे सडक खण्डको स्तरोन्नति गरिसक्ने गल्तिले पनि घरमा खाली नराख्नुहोस् यी ४ चिज
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिमादमै पहिलो पटक सञ्चालनमा आयो पानी फ्याक्ट्री ‘साथी’



अ+ अ-

तनहुँ । तनहुँको भिमादमा पहिलो पटक पानी फ्याक्ट्री सञ्चालनमा आएको छ । भिमाद बजारबाट नजिकै अवस्थित म्याग्दे गाउँपालिका-५ छाङ्गपाटनमा पानी फ्याक्ट्री ‘साथी २४इन्टु७’ सञ्चालनमा आएको हो ।

छाङ्गपाटनका स्थानीय विष्णु भक्त खनालले उक्त पानी फ्याक्ट्री सञ्चालनमा ल्याएका हुन् । भारतीय सेनाबाट सेवानिवृत्त आएर रोजगारीका सिलसिलामै दुई वर्ष दुबईको अबुधावीमा काम गरेर खनाल देशमै केही गर्नुपर्छ भनी नेपाल फर्किए ।

सामाजिक अभियन्ता भएर हिँडेका खनालले भाषण गरेर मात्र नहुने आर्थिक पाटो पनि अपरिहार्य हुने भन्ने कुरा बुझे । त्यसपछि २३ रोपनि जग्गामा बैंकमा धितो राखेर उनले फ्याक्ट्री खोलेको बताए । उनले भने ‘पानीको ल्याब परीक्षण गर्न साथीसँग तम्सुक लेखाएर, ३ रुपैयाँ व्याजमा ऋण लिएँ । संरचना निर्माणका लागि मात्रै नौ महिना लाग्यो ।’

२४ घण्टामा २ हजार जार पानी उत्पादन गर्न सक्ने दाबी गर्दै खनालले विशेषगरी भिमाद, दुलेगौंडा, खैरेनीटार र दमौलीसम्म पानी उपलब्ध गराइने बताए । आफ्नो पुख्र्यौली जग्गामा फ्याक्ट्री खोलेका उनले बोरिङदेखि लिएर आउँदा डेढ करोड लगानि गरिसकेको बताए ।

उनी भन्छन् ‘१७ वर्ष भारतीय सेनामा जागिर गरेँ । देश विदेश पनि गएँ । जहाँ गएपनि नेपालीले भोग्नुपरेको पिडाँ देखेर भावुक हुन्थेँ । अबको बाँकी जीवनमा केही गर्नुपर्छ भनेर यो पानी फ्याक्ट्री खोल्नु मेरो लक्ष्य नै थियो । एउटा ब्राण्डको स्थापना गरौँ । घाटा नाफा, सफल, विफल भन्ने भविष्यमा देखिएला । एक कृषकको छोरोले साहस लिएको छ । स्वच्छ छविले पानी फ्याक्ट्री सञ्चालनमा आएको १५ दिन भएको छैन मैले सुलभ मूल्यमा पानी उपलब्ध गराइरहेको छु । त्यसकारण म धन्यवादको पात्र छु ।’

उद्यमी खनालले दुई वर्षसम्म एक वटा २० लिटर जारको मूल्य ४५ रुपैयाँ नै कायम रहने बताउँदै दुई वर्षपछि ५० बनाइने जानकारी दिए । पाँच वटा भन्दा बढी जारको पानी किन्नेलाई उनले ३५ रुपैयाँमा पानी उपलब्ध गराउँदै आएको पनि बताए ।

बढ्दै गरेको विश्व बजारको चरम आर्थिक मन्दी र दैनिक अवसरको खोजीमा युवाहरु विदेश पलायन पद्दती र आम नागरिकका स्वास्थ्यलाई ख्याल राख्दै समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने हेतुले फ्याक्ट्री सञ्चालनमा ल्याइएको बताए । यसबाट भिमाद आसपासका मानिसले स्वच्छ र स्वस्थ पानी पिउन पाउनुका साथै स्थानीय युवाहरुले पनि रोजगारीको अवसर प्राप्त गर्ने उनको भनाई छ ।