२१ मंसिर २०८२, आईतवार
,
Latest
बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: बागमतीलाई हराउँदै एपीएफको विजयी सुरुवात



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबले बागमती प्रदेशलाई ८९ रनले हराएको छ । यससँगै एपीएफले जीतको खाता खोलेको छ भने बागमतीले लगातार दोस्रो हार बेहोर्यो ।

जितको लागि २ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा अल आउट हुदै १ सय ५२ रन मात्र बनायो । बागमतीका कप्तान रित गौतमले सर्वाधिक ६६ रन बनाए । ओपनर आशुतोष घिरैयाले ४१ रन बनाउँदा बागमतीका अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

एपीएफका कप्तान रोहित पौडेलले सर्वाधिक ४ विकेट लिए । अभिनाश बोहरा र श्याम ढकालले २/२ विकेट लिँदा पुरन विक र भुवन कार्कीले १/१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन बनाएको थियो । एपीएफको लागि मध्यक्रमका ब्याटर सन्दीप जोराले शानदार शतक बनाएमा थिए । उनले १०३ बलमा ५ छक्का र ६ चौका प्रहार गर्दै १०१ रन बनाए ।

एक समय ४१-५ को अवस्थामा पुगेको एपीएफलाई उनले उद्दार गरेका थिए । क्रिजमा पाँचौ नम्बरका आएका सन्दीपले लोकेश बमसँग ६१ रनको अर्धशतकीय साझेदारी गर्दै एपीएफलाई १०७ सम्म पुर्‍याएका थिए । त्यस्तै, उनले आठौँ विकेटका लागि अमर रौतेलासँग ६८ र नवौँ विकेटका लागि अविनाश बोहरासँग ४२ रनको साझेदारी गरेका थिए।

एपीएफको लागि कप्तान रोहित पौडेलले २ र आसिफले १५ रन जोडे । सुमित महर्जनले ६ रन बनाउदा ओपनर प्रज्वल शाहीले १० रन बनाएर आउट भएका थिए । अमर २२ रन बनाए भने अभिनाश बोहोरा १८ रन बनाउदै नटआउट रहे ।

बलिङतर्फ बागमतीका सूर्य तामाङले तीन विकेट लिए भने प्रतिश जिसी, सोनु देवकोटा र रिजन ढकालले समान एक–एक विकेट लिए ।

राउन्ड रोविनको आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनल खेल्नेछन् । पिएमकप टियु, मुलपानी र भैरहवामो सिद्धार्थ रंगशालामा हुनेछन् ।