२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुष्मा वल्ड च्याम्पियनशिपमा छनोट



अ+ अ-

काठमाडौं । नक्शालकी सुष्मा तामाङ आइवा युथ वल्ड बक्सिङ च्याम्पियनशिपका लागि ४८ केजी तौल समूहमा छनोट भएकी छन् । उनले आफ्नी प्रतिद्धन्दी आरडीएस क्लबकी रमिला श्रेष्ठमाथी अंकका आधारमा ३–२ को कठिन जित हात पारिन ।

त्यसै गरि ६० केजी तौल समूहमा बक्समाण्डौंकी डेचेन शेर्पा फाईनलमा प्रबेश गरेकी छन् । उनले झापाकी सुस्मिता राईलाई अंकका आधारमा ५–० को स्कोरमा हराईन । उनले बुधवार हुने फाईनल खेलमा आरडीएस क्लबकी सुमिना खड्काको चुनौतीको सामना गर्ने छिन । खड्का ६० केजी तौल समूहमा वाई पाएर फाईनल प्रवेश गरेकी थिईन् । 

छनोट खेलमा तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन विक,नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले,बरिष्ठ उपाध्यक्ष अर्जुनवहादुर केसीलगायतको उपस्थिति रहेको थियो । आइवा युथ वल्ड बक्सिङ च्याम्पियनशिप पोल्याण्डमा अप्रिल ११ देखि २३ सम्म संचालन हुनेछ ।
फोटो १ ० ४८ केजी तौल समूहमा निलो बिजेता ।