१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबलाई

राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबलाई
अ अ+ अ-
कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
सशस्त्र प्रहरी बल (एपिएफ) र पुलिस क्लबलबीच आज भएको फाइनल खेलमा ३–१ ९तीन सेट० जितेर पुलिस क्लब उपाधि चुम्न सफल भएको हो । खेलको सुरुमा एपिएफले २५–२२ ल्याएर पुलिस क्लबलाई हरायो । दोस्रो, तेस्रो र चौथौँ खेलमा भने पुलिसले लगातार तीन सेट लिन सफल भयो । पुलिसले क्रमश: २५–१९, २५–१८ र २५–२३ अङ्क ल्याएको थियो ।
समूह चरणमा एपिएफसँग हारमा भोगेको पुलिस क्लबले आजको फाइनल खेलमा उपाधि हात पारेको छ । समूह चरणमा पुलिस एपिएफसँग ३–१ को सेटमा पराजित भएको थियो ।
त्यसैगरी समूह चरणको खेलमा आर्मीसँग ३–० को सोझो सेटमा हार भोगेको गण्डकी प्रदेशले तृतीय स्थानका लागि फाइनलमा आर्मीलाई हराएको छ । आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले तेस्रो स्थान हाँसिल गरेको हो ।
पहिलो सेटमा गण्डकीले २५–२२ को ल्याएर जित्यो । अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको दोस्रो खेलमा बराबरीकै अवस्थामा अन्तिम समयमा २६–२४ अङ्क ल्याएर नेपाल आर्मीले जित्यो । तेस्रो खेलमा गण्डकीले २६–२४ र चौथो खेलमा २५–२२ ल्याएर तृतीय स्थान सुनिश्चित गरेको थियो ।
यही पुस २० गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विभागीय टोलीसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता थियो । समूह ‘ए’ मा पुलिस, एपिएफ, लुम्बिनी, बागमती र कोशी तथा समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेस थिए । खेलमा नेपाल पुलिस क्लबका रविन चन्द सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाल भलिबल सङ्घको आयोजना तथा कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापनमा वीरेन्द्रनगरमा सम्पन्न खेलको समापन कार्यक्रममा सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी, आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेललगायतको सहभागिता थियो ।
कार्यक्रमको समापन गर्दै नेपाल भलिबल सङ्घका केन्द्रीय अध्यक्ष जीतेन्द्रबहादुर चन्दले नेपालको भलिबल खेलको विकास क्रमिकरुपमा बढ्दै गएको बताउनुभयो । पर्यटनको सम्भावना बोकेको कर्णालीमा आगामी वर्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता सञ्चालनमा सघाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष चन्दका अनुसार आजमात्र प्रतियोगितामा १५ हजारभन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन् ।