२५ भाद्र २०८३, बिहीबार
,
Latest
उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट खेल्ने क्रममा बलले लागेर खेलाडीको मृत्यु



अ+ अ-

एजेन्सी । मुम्बईको क्रिकेट मैदानमा ठूलो दुर्घटना भएको छ । खेल खेल्ने क्रममा ५२ वर्षीय पुरुषको मृत्यु भएको हो । मैदानमा दुई खेल चलिरहेको बेला यो दुर्घटना भएको हो ।

जयेश सावला नामका व्यक्तिको टाउकोमा पछाडिबाट बल लागेर उनको घटनास्थलमै ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । सावलालाई लागेको बल दोस्रो खेलको थियो । उनी मैदानमा थिए र त्यही क्रममा बल उनको कान पछाडि लाग्न पुग्यो ।

यो दुर्घटना सोमबार दिउँसो माटुंगामा भएको हो । त्यतिबेला एउटै प्रतियोगिताका दुई टी–२० खेल चलिरहेका थिए । यो प्रतियोगिता ५० वर्षभन्दा माथिका व्यक्तिका लागि आयोजना गरिएको थियो ।

प्रतियोगिताको नाम कच्छी भिसा ओखल विकास लिजेन्ड कप हो । एक प्रत्यक्षदर्शीका अनुसार जयेश सावला नजिकैको दादर पारसी कालोनी स्पोर्टिङ क्लब मैदानमा ब्याट्सम्यानलाई पिठ्युँ टेकेर फिल्डिङ गरिरहेको बेला उनको कान पछाडि बल लागेको थियो ।

घाइते भएका जयेशलाई अस्पताल लगिएको थियो । त्यहाँ उनलाई मृत घोषित गरियो । एउटै मैदानमा दुई खेल हुनु सामान्य कुरा हो । यसअघि पनि यस्ता खेलमा खेलाडी घाइते भएको खबर आए पनि मृत्यु भएको यो पहिलो पटक हो ।

प्रहरीले आकस्मिक मृत्युको उजुरी दर्ता गरेको जनाएको छ । उनले पोस्टमार्टमको आदेश दिए तर त्यहाँ कुनै खराब खेल वा षड्यन्त्रको सम्भावना नदेखिएको प्रहरी बताउँछ । पछि शव परिवारलाई बुझाइयो । जयेश सावला व्यवसायी थिए र उनका श्रीमती र एक छोरा छन् ।