२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपामा किचलो: कोशी प्रदेशमा सभामुख लिनु गलत , तत्काल फिर्ता हुनु पर्छ: नेता लोहनी



अ+ अ-

काठमाडौं । राप्रपाका निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोशी प्रदेशको सभामुखमा उम्मेदबार दिने पार्टीको निर्णय गलत भएको भन्दै उम्मेदवारी फिर्ता लिन निर्देशन दिनु भएको छ ।

आज बसेको पार्टीको निर्देशक समितिको बैठकमा लोहनीले सभामुखको उम्मेदवारी फिर्ता गर्न आवश्यक कदम चाल्न केन्द्रीय कार्य समितिलाई निर्देशन गर्नुभएको हो ।

नेता लोहनीले न्युजपोलारसंग भन्नुभयो “पार्टी अध्यक्ष समेत सहभागिता रहेको पार्टीको पदाधिकारी बैठकमा कोशी प्रदेशको सभामुख पदामा उम्मेदवारी दिने वा नदिने भन्ने बुँदामा व्यापक छलफल भएको हो । छलफलमा पार्टीले संञ्चालन गर्ने आन्दोलनलाई समेत दृष्टिगत गर्दा पदमा जानु उपयुक्त नहुने सहमति भएको हो । तर यस बिपरित आज कोशी प्रदेशमा सभामुखको लागि उम्मेदवारी दिनु भएको छ । अत निर्देशन समितिले सभामुखको उम्मेदवारी फिर्ता गर्न आवश्यक कदम चाल्न केन्द्रीय कार्य समितिलाई निर्देशन गर्दछ ।”

यसैबीच कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित हुनु भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् । उहाँको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक जनाउनु भएको थियो ।