१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

मध्यवर्तीका बासिन्दालाई बालीसँगै ज्यान जोगाउन मुस्किल

मध्यवर्तीका बासिन्दालाई बालीसँगै ज्यान जोगाउन मुस्किल
फाईल फोटो
अ अ+ अ-

त्रिवेणी (नवलपरासी): नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–१ मा बाघको आक्रमणबाट एकै घरका विष्णु पौडेल र मनादेवी पौडेलको यही पुस ९ गते ज्यान गयो । पुस ४ गते कावासोती–१ मा गैँडाको आक्रमणबाट पुष्प परियार घाइते हुनुभयो । पुस १९ गते कावासोती–८ का पतिराम महतो गैँडाको आक्रमणमा पर्नुभयो ।

यसैगरी गत मङ्सिर १९ गते देवचुली–१० मा गैँडाको आक्रमणबाट भुलमाया विक र छमबहादुर सारू घाइते हुनुभयो । वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने र घाइते हुने यी केही पछिल्ला प्रतिनिधि घटना हुन् । जिल्लाको मध्यवर्ती आसपासका बासिन्दालाई आफूले लगाएको बालीसँगै हिजोआज ज्यान जोगाउने चिन्ताले सताउन थालेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने नवलपुरका बासिन्दा वन्यजन्तुका कारण चिन्तित बनेका छन् । गैँडा, मृग, बँदेललगायतका जनावर वस्तीमा प्रवेश गर्न थालेसँगै क्षतिसमेत बढ्दो छ । वन्यजन्तुले लगाएको बाली नोक्सान पार्ने, घरपालुवा चौपाया नोक्सान पुर्याउनुका साथै मानवीय क्षतिसमेत पुर्याउन थालेसँगै समस्या जटिल बनेको कावासोती–१० की सीता पङ्गेनीले बताउनुभयो । “दैनिकजसो खेतमा गैँडा आउने गरेको छ, लगाएको गहुँ भित्र्याउने बेलासम्म सकिन्छ कि भन्ने चिन्ता छ, त्यतिमात्रै होइन साँझ–बिहान घरबाहिर हिँडडुल गर्न पनि डरलाग्दो भएको छ”, उहाँले भन्नुभयो । दिनहुँजसो गैँडा बस्तीमा आएर दु:ख दिन थालेको जनाउँदै नियन्त्रणका लागि निकुञ्ज प्रशासनसहित सरोकारवालाले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको क्षति बढ्दो रहेको मध्यविन्दु नगरपालिका–२ का वडाध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो । पटक–पटक वन्यजन्तुले बालीनाली, चौपायामा क्षति पुर्याउने तथा मानिसलाई आक्रमण गरी घाइते बनाउने गरेको वडाध्यक्ष अधिकारीले बताउनुभयो । मध्यवर्तीका बासिन्दालाई जनधनको सुरक्षा गर्न मुस्किल भएको उहाँले बताउनुभयो ।

मध्यवर्तीमा वन्यजन्तुको समस्याले गर्दा बसाइँसराइको प्रभाव पार्दै आएको कावासोती–११ का वडाध्यक्ष शारदाप्रसाद अधिकारीले बताउनुभयो । “वन्यजन्तुले दुख: दिन्छ भनेपछि बसाइँसराइ गरी आउने कम हुने त भयो नै भएका पनि आजित भएर सक्ने अन्यत्र जान थालेका छन्”, उहाँले भन्नुभयो । वन्यजन्तुकै कारण हिजो मध्यवर्ती क्षेत्रका पुराना बस्ती पातलिने क्रम बढ्दै गएको उहाँले बताउनुभयो ।

संरक्षणकर्मी प्रेमशङ्कर मर्दनिया थारूले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि निकुञ्जभित्र पर्याप्त घाँसेमैदान निर्माण गर्ने र वन्यजन्तुलाई मानव बस्तीमा आउन नदिन पर्खालसहितको मेसजाली लगाउनुपर्ने बताउनुभयो । “वनभित्र वन्यजन्तुको बासस्थान सुधार गर्ने, पर्याप्त आहारा हुनेगरी घाँसेमैदान निर्माण गर्ने साथै पर्खालसहितको मेसजाली लगाउने काम गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “यसबाट वन्यजन्तु बस्तीतर्फ आउने क्रम कम हुन्छ र क्षति न्यूनीकरणमा सहयोग पुग्छ ।” वन्यजन्तुको संरक्षणसहित यसको क्षति रोक्न सरकारीस्तरबाट योजना निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।

मध्यवर्तीका कारण आर्थिक विकासमा असर परेको कावासोती नगरपालिका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । मध्यवर्तीकै कारण विकासका काम गर्न बाधक भएको तथा यहाँका बासिन्दाले आफ्नो सम्पत्तिको सही उपभोग गर्न समस्या परेको उहाँले जानकारी दिनुभयो । वन्यजन्तुले पुर्याएको क्षतिमात्रै नभएर मध्यवर्तीले विकासका काममा समस्या पारेको नगरप्रमुख भुसालले बताउनुभयो । “हामी संरक्षणविरोधी होइन, तर ऐन, कानुन जनतालाई सहज पार्ने हुनुपर्यो, कुनै बिरुवा लगाए त्यसको प्रयोगका लागि निकुञ्ज धाउनुपर्छ, विकासका काम गर्न उस्तै बाधा अड्चन छन्”, उहाँले भन्नुभयो ।रासस