२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली कागजात बनाई रसियन आर्मींमा पठाउने ट्राभल्स संचालकहरु पक्राउ



अ+ अ-

काठमाडौँ । बेरोजगार युवाहरुलाई रसिया पठाई मानव तस्करी गर्ने ट्राभल्स संचालकहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अलास्का ट्राभल्स संचालक बताउने अर्जुन श्रेष्ठ भन्ने अर्जुन सुनार र शेखर राई बताउने शेर बहादुर राई रहेका छन् ।

सुनार र राईले बेरोजगार युवाहरुलाई नक्कली कागजात बनाई रसियामा होटलमा काम लगाईदिन्छु भन्दै रसियन आर्मींमा पठाउने गरेको पाईएको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई माईतिघर र थापा गाउँबाट पक्राउ गरेको हो ।

उनीहरुलाई मानव तस्करी गरी ठगी गरेको अपराध कसुरमा आबश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौ पठाईएको छ । साथै, नक्कली कागजातको आधारमा सेटिङ मिलाई बेरोजगार युवाको तस्करी गरी झुट्टा प्रलोभनमा पारी ठगि गर्ने कार्यमा संलग्नहरुको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।